पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियारले एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । अख्तियारले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालदेखि पूर्व मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्तका अलवा तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशी, तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापा,तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला लगायतलाई प्रतिवादी बनाएको हो । जसमध्य अर्याल अहिले भूमि सुधार विभागको प्रवक्ताको जिम्मेवारीमा छन्,उनी स्वत निलम्बनमा परेका छन् ।
बिज्ञापन
जसमध्य अर्याल अहिले भूमि सुधार विभागको प्रवक्ताको जिम्मेवारीमा छन्,उनी शाखा अधिकृत हुँदा काभ्रे मालपोतमा कार्यरत थिए । अहिले विभागको उपसचिव छन्,अर्याल । यस्तै,तत्कालीन उपसचिव कलानिधि पौडेल अहिले सहसचिवको जिम्मेवारीमा छन्,जल तथा उर्जा आयोगमा । यी दुबै निलम्बनमा परेका छन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव पौडेल र अर्याल पनि प्रतिवादी बनाइएका हुन्।
काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री,मुख्य सचिव,सचिव,सहसचिव,उपसचिवदेखि नासु,खरिदार तहका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको हो ।
बिज्ञापन
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा बहालवाला प्रशासकहरु समेत मुछिएका छन् ।
पौडेलले आयोगको सचिवालयलाई आफन्तको भर्तिकेन्द्र बनाएका छन् भने ती आफन्तका नाममा ऐन÷कानुन विपरित सवारी साधनदेखि इन्धन सुविधा समेत उपलव्ध गराउँदै आएको भेटिएको छ । कानुन सेवा तर्फका सहसचिव हुन पौडेल, निजामती ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षभित्र अनिवार्य सरुवा हुनुपर्दछ भन्दछ तर उनी त्यहाँ चार बर्षदेखि सचिवालयमा बसेर सवारी साधनदेखि इन्धनसम्ममा समेत ऐन विपरित सेवा सुविधा लिइरहेको सोही आयोगका कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
आयोग सूत्रका अनुसार,पौडेलले बा १ झ ९१२४ नम्बरको महिन्द्राको स्कारपिओ र बा १ झ ९२७० नम्बरको महिन्द्राकै अर्को स्कारपिओ उनले चढ्दै आएका छन् । सरकारी यो सवारीमा साला सालीको छोरा छोरीदेखि घरायसी प्रायोजनका लागि समेत प्रयोग गर्दै आएका छन् । यस्का अलवा बा १ झ ९४३४ नम्बरको गाडी समेत उनकै सेवामा तैनाथ रहन्छ । उनले सरकारी कार्यालयका सवारी साला सालीलाई चढ्न दिएर उल्टै साझा पेट्रोल पम्पबाट तेल भर्ने गरी तेलको कुपन समेत दिँदै आएको बताइन्छ । ९४४३ नम्बरको नीजि सवारी साधनमा समेत सरकारी कार्यालयबाट इन्धन दिलाउँदै आएका छन् । उक्त सवारी उनको सालोले प्रयोग गर्दै आएका छन् ।
उनको छोरीलाई सचिवको सचिवालयमा कम्प्युटर अपरेटरमा कार्यरत छिन् भने सालोको बूढीलाई अहिले कार्यालयमा चिया पकाउने जिम्मेवारी दिएर राखेका थिए । सालो लक्ष्मण भण्डारीलाई कम्युटर अपरेटरको जिम्मेवारी दिएर मन्त्रालयमा राखेका छन् तर कम्युटर अपरेटर भनिएको सालो लक्ष्मण भण्डारीलाई कम्युटरको क समेत चलाउन आउँदैन । यस्का अलवा पौडेलले ००२ बा ६६६४ नम्बरको गाडी समेत चढ्दै आएका छन् । बवरमहलमा बस्दै आएका उनले उक्त कार्यालयबाटै फेरि फेरि तीन तीन वटा सवारी चढ्दै आएको र ती सवारी साधनका नाममा इन्धन समेत निकाल्दै आएको गुनासो राष्ट्रिय सतर्कता केन्द्रसम्म पुगेको थियो तर पछि सचिवले सो कुरा मिलाएको बताइन्छ ।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो। सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ। उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ। हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ। पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेसँगै अख्तियारले एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको हो ।