अख्तियारले पतञ्जलीको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएको छ ।
बिज्ञापन
अख्तियारले तत्कालीन कानुन तथा न्याय मन्त्री प्रेमबहादुर सिंह,तत्कालीन मन्त्र डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,मुख्यसचिव माधव प्रसाद घिमिरे र उनको श्रीमती कमला घिमिरे,भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव छबिराज पन्त, सहसचिव जितबहादुर थापा, लालमणी जोशी,मन्त्रालयका तत्कालीन उपसचिव कलानिधी पौडेल, कानुनका उपसचिव गान्धी प्रसाद सुवेदी हुपेन्द्रमणि केसीलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो ।
बिज्ञापन
यस्तै अख्तियारले भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानिँया,विभागका तत्कालीन उपसचिव राजाराम थापा,शाखा अधिकृत सिताराम पोखरेल र नासु बुद्धिबहादुर कार्की, मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन उपसचिव प्रेमबहादुर देसार,शाखा अधिकृत केदारनाथ भट्टराई र खरिददार मोहनराम शर्मा,जर्नादन वराल,नवराज बस्नेत,नासु रामकृष्ण खत्री,केदारनाथ भट्टराई,विनोद कोइराला,विष्णु प्रसाद होमागाई,रामकाजी श्रेष्ठ,हरि शरण श्रेष्ठ,रामप्रसाद सत्याल,कृष्णप्रसाद सापकोटा र खरिदारहरुमा बद्रीप्रसाद हुमागाईलाइए समेन प्रतिवादी बनाएको छ,अख्तियारले ।
यस्का अलवा मालपोत कार्यालय काभ्रेका तत्कालिन प्रमुख जनार्दन गुरागाई, मालपोत अधिकृत बेद प्रसाद अर्याल, शाखा अधिकृत शिबहरी शर्मा, नासु बिनोद को
इराला, तुलामनी राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमागाईलाई समेत प्रतिवादी बनाइएको छ ।
बिज्ञापन
अख्तियारले गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का मु कार्यालय प्रमुख कृष्णहरी भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधव प्रसाद होमागाईका अ लवा तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टलाई पनि प्रतिवादी बनाएको छ,सो मुद्धामा ।
यस्का अलवा अख्तियारले पतन्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीलाई समेत प्रतिवादी बनाएर मुद्धा दायर गरेको हो । अख्तियारले १८ करोड ५७ लाख बिगोसहित पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मन्त्रिपरिषद्को निर्णयलाई लिएर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा चलाएको हो अख्तियारले ।
काभ्रेमा रहेको जग्गा पतञ्जली आर्युवेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री,मुख्य सचिव,सचिव,सहसचिव,उपसचिवदेखि नासु,खरिदार तहका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको हो ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको हो । उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्याएको पाइएपछि अख्तियार मुद्दा चलाएको हो ।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो। सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान ९महेन्द्र ज्योति० क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ। उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ। हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ। पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेसँगै अख्तियारले एकै पटक ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको हो ।