नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिहरुको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ।
बिज्ञापन
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औं सञ्चालक परिषद्को बैठकमा बोल्दै मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचिकरणको विषय निकै जटिल र पेचिलो भएको बताउनुभयो। हुम्लो समुदायलाई आदिवासी जनजाति भित्र सूचिकृत गर्ने विषय लामो समयदेखि छलफल रहेको सुनिएको भन्दै सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पेश गरिने बताउनुभयो।
बिज्ञापन
प्रतिष्ठानको कार्यालय संचालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको वैठकमा उपस्थितहरुको गुनासोमा मन्त्री गुप्ताले हालसम्म भाडा घरमा संचालन हुँदै आएको प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो।
प्रतिष्ठानको सह अध्यक्ष समेत रहनुभएका मन्त्री गुप्ताले आदिवासी जनजातिहरुको साझा सरोकारका विषयहरुमा छलफल आवश्यक रहेको भन्दै सोसँग सम्बन्धित विषयहरु प्रस्ताव गरी राज्यले गर्नुपर्ने जिम्मेवारीको सम्दर्भमा मसिनो तरिकाले छलफल गर्न प्रतिष्ठान समितिलाई सुझाव दिनुभएको थियो।
बिज्ञापन
प्रतिष्ठानको नियमावली र विनियम संशोधन नहुँदा त्याहाँ कार्यरत कर्मचारीहरुको वृतिविकास रोकिएको समिति पदाधिकारीहरुको गुनासोमा मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृति विकासका लागि गर्नुपर्ने नियमावली र विनियम संशोधनका लागि अध्ययन गरी पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिनुहुँदै आदिवासी जनजातिको महत्वपूर्ण मुद्दाको रुपमा रहेको आइएलओ महासन्धी १६९ अनुरुपको कार्ययोजना निर्माण गर्न मन्त्रालयले अग्रसरता लिने बताउनुभयो।
परिषद्को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा वलीले परिषद् बैठकलाई उद्घाटन गर्दै कार्य व्यवस्तताले बैठकको अध्यक्षता गर्न परिषद् सह अध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई निर्देशन दिनुभएको थियो। उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले २०४७ सालपछि हालसम्मको महत्वपूर्ण उपलब्धीहरु भएको भन्दै लोकतन्त्रको प्रयोगरअभ्यासमा मतभेद देखिनु धेरै अस्वभावक नभएको र भएका कमजोरीबाट सच्चिएर अगाडी बढ्न सकिन्छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५ औ सञ्चालक परिषद्को बैठक जेठ १९ र २० गते दुई दिन आदिवासी जानजातिहरुको साझा समस्या बाहेक विशिष्टिकृत समस्या पहिचान र सामाधानका उपायहरु सहित सम्पन्न हुने परिषद्ले जनाएको छ।