न्यायपालिका अधिकृत समाजमा नयाँ नेतृत्व,अध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष नै सर्वाेच्च अदालतबाट

देशभरका अदालतहरूका अधिकृतस्तरका कर्मचारीहरूको संस्था न्यायपालिका अधिकृत समाजको नेतृत्व चयन समेत भागबण्डाका आधारमा टुंग्याइएको छ ।

बिज्ञापन

यस अघि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर एकाएक स्थगित गरि भागबण्डाका आधारमा अधिकृत समाज गठन गरिएको हो ।

बिज्ञापन

जस अनुसार,अच्युत कुइँकेल चयन भएका छन् । उनी सर्वोच्च अदालतका प्रवक्ता समेत हुन । अध्यक्षमा कुँइकेलको नाम सर्वाेच्च प्रशासनले अगाडि सारेको बताइन्छ । उपाध्यक्षमा सर्वाेच्च अदालतकै निराजन पाण्डे र शारदा फुयाँल चयन भएका छन् । महासचिव सर्वाेच्च अदालतकै अविधान सापकोटा चयन भएका छन् ।

सचिवमा चयन भएका वीरेन्द्र बस्नेत राजश्व न्यायधीकरण र कोषाध्यक्षमा छानिएका प्रकाश सुवेदी सर्वाेच्च अदालतकै कर्मचारी हुन ।
८ खुला सदस्यमा ३ जना सर्वाेच्च अदालतबा ट परेका छन् । जसमा नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली रहेका छन् । यस्तै उच्च अदालत जनकपुर इजलाशमा कार्यरत उर्मिला भट्टराई, काभ्रेपलाञ्चोक जिल्ला अदालतमा कार्यरत छानिँदा तीन जना काठमाडौं जिल्ला अदालतबाट तेजबहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका छन् ।

बिज्ञापन

त्यस्तै, प्रदेश सदस्यहरू झापा जिल्ला अदालतबाट रामचन्द्र बस्नेत, पर्सा जिल्ला अदालतका प्रभाकर कुमार मल्लिक, पाटन उच्च अदालतका भुपाल सुवेदी, मनाग जिल्ला अदालतमा कार्यरत सञ्जीव ढकाल, पाल्पाबाट रामप्रसाद पोखेल,सुर्खेत अदालतका उज्ज्वलदेव रावल र कैलाली अदालतका चेतराज पन्त छानिएका हुन ।

न्याय प्रशासन समूहमा कार्यरत अधिकृत स्तर वा त्यो भन्दा माथिल्लो तहका कर्मचारीहरुले समाज गठन गरेका छन् ।२०६५ भदौ २७ गते यो संस्था काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। संस्थामा हालसम्म ९६ जना आजीवन सदस्य र ५८५ साधारण सदस्य गरी जम्मा ६८१ जना अधिकृतहरू आबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात भन्सार अधिकृतको पदस्थापन

भिजिट भिसा प्रकरण : अध्यागमनका ९ अधिकृतलाई सफाइ,विचौलियामात्र दोषी (पूर्णपाठसहित)

सडकमा कर्मचारी,सदनमा निजामती सेवा विद्येयक

यातायात व्यवसायीको अगाडि घुँडा टेक्यो सरकारले,आन्दोलन स्थगित

चेपुवामा परेको नेपालको प्रजातन्त्र

१४ दफा संशोधनको सहमति पछि स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

रसुवालाई संघ सरकारबाट १ अर्ब २० करोड अनुदान : धेरै नौकुण्डमा,कम आमाछोदिङ्मोलाई

बालेनका दाहिने हात पाण्डे निलम्बित, निमित्त प्रमुख जोशी

बिशेष