सरकारले आज आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
बिज्ञापन
रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा आइतबार काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिइएको हो । आइतबार यी तीन जिल्लामा सरकारी कार्यालय, विद्यालय लगायत बन्द रहनेछन् ।
बिज्ञापन
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,गृह मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।