भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

 

बिज्ञापन

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको गृहमन्त्री रमेश लेखकले सरुवा गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले ११ जना डिआइजीहरुको पदस्थापन गर्दा अख्तियारमा कार्यरत रहेका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरेका हुन ।

बिज्ञापन

श्रेष्ठले भिजिट भिसाको सेटिङमा जोडिएका त्रिवि अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित माथि अनुसन्धान गरिरहेका थिए । गृहमन्त्रीले पनि राजीनामा दिनु पर्ने र छानविनको दायरामा ल्याउनु पर्ने माग उठिरहेका बेला यो मुद्दाको अनुसन्धान गरिरहेको अख्तियारका प्रहरी प्रमुखलाई सरुवा गरेर काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाएका हुन । अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ ।

श्रेष्ठ नेपाल प्रहरीमा काबिल अनुसन्धान अधिकृतका रुपमा चिनिन्छन् । अख्तियारले उनलाई अनुसन्धान टोलीमा समावेश गरेपछि मन्त्रालयले आज ११ जना डिआइजीको पदस्थापना गर्दा श्रेष्ठ त्यहाँबाट एकाएक धपाइएका छन् । उनको ठाउँमा अर्का डिआइजी ओमबहादुर रानालाई पठाइएको छ ।

बिज्ञापन

गृहमन्त्री लेखक र उनको सचिवालय मुछिएको यो प्रकरणमा अख्तियारले गम्भीर अनुसन्धान गरिरहेको बेला श्रेष्ठलाई बीचैमा सरुवा गर्नुलाई स्वाभाविक मानिएको छैन । यस अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उच्च राजनीतिक नेतृत्वको नाम आउन थालेपछि प्रहरी अधिकारीहरु बीचमै सरुवामा परेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

बिशेष