कर्मचारी बस्न एक लाख भवन-अपार्टमेन्ट बनाइने

सरकारले निजामती कर्मचारी,सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई भवन तथा अर्पाटमेन्ट बनाइदिने भएको छ । सरकारले सातै प्रदेशमा कर्मचारी,सुरक्षाकर्मी,शिक्षकहरुलाई लक्षित गर्दै एक लाख भवन तथा अर्पाटमेन्ट बनाउने भएको हो ।

बिज्ञापन

अर्थमन्त्री विष्णु पौडेलले हिजो सार्वजनिक गरेको वजेट वक्तव्यको ३५० नम्बरको बुँदामा कर्मचारीहरुलाई आवास कार्यक्रम सञ्चालन गर्ने बताइएको हो । कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन्,अर्थमन्त्री पौडेलले ।

बिज्ञापन

आर्थिक वर्ष २०८२/ ८३ को बजेटमा सबै प्रदेशका प्रमुख सहरी केन्द्रमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था गरेको हो।

बिज्ञापन

सरकारले निर्माण गर्ने अपार्टमेन्ट वा घर कर्मचारीले सुलभ ब्याज दरमा उपभोग गर्न पाउने छन्।

कर्मचारी सञ्चयकोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जनाएका छन् । यस अन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्द्रहरूमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

रहेनन् बरिष्ठ पत्रकार चालिसे

बिशेष