गणतन्त्रमा केही भएन भन्ने गलत भाष्यलाई कविहरुले चिर्नुपर्दछ : मन्त्री पाण्डे

नेपाल प्रज्ञा प्रतिष्ठानले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको बताएका छन् ।

बिज्ञापन

गणतन्त्र दिवसका सन्दर्भमा आयोजित कविता उत्सव २०८२ उद्घाटन शर्तमा बोल्दै मन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्रको विकल्पमा अर्को व्यवस्थाको खोजी गर्नु भनेको गोलचक्रमा फस्नु भएको बताए ।

बिज्ञापन

उनले वैधानिक वा सक्रिय कुनै प्रकारको राजा आउने सम्भावना रहेको जनाउँदै यस्तो चेष्टा गरेर जनताको अधिकार हनन गर्न खोज्नु आफैँ गोलचक्रमा फस्नु हो र राजा ल्याउने भन्ने कुराले कसैको हित नहुने धारणा राखे । गणतन्त्रमा जे जे समस्या र जटिलता छन् तिनको परिष्कार गर्दै अघि बढ्नका निम्ति कविताको माध्यमद्वारा जनमत सिर्जना गर्न लागि पर्नुपर्ने समय आएको धारणा राख्दै गणतन्त्रमा केही भएन भन्ने भाष्य निर्माण हुनु चिन्ताजनक रहेकाले प्राज्ञिक र बौद्धिक तहतप्काले त्यस मिथ्यालाई चिर्नुपर्ने बताए ।

कवि मनले अपराध नभइकन निष्ठा र इमानको बाटो रोज्ने गर्छ।कवि हृदय भएका मानिसले संवेदनशीलता बुझ्ने भएकाले लोकतन्त्र र गणतन्त्रको समृद्ध समाज निर्माणका लागि अपरिहार्य रहेको बताउँदै बाचित कविताहरूले गणतन्त्रको मर्म र मूल्यबोध गरेको बताउँदै संसदमा अभौतिक सम्पदाको विधेयक प्रस्तुत भएको बताए । उनले संस्कृति ,पर्यटन र हवाई ऐन र नीति निर्माण गर्न आफू लागि परेको बताए ।

बिज्ञापन

कार्यक्रमका विशेष अतिथि तथा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले मन्तव्य राखेनन्,उनले भोजपुरी भाषाको गीत दिलसे सोच प्रस्तुत गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले धन्यवादसहित समापन मन्तव्यका क्रममा अहिले संसारभरि गणतन्त्रको लहर चलिरहेको बताउँदै कविता उत्सवमा बाचित कविताको लेखन ,भाषा र शैली जे भएपनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य ( काव्य विभाग) प्रमुख बाबा बस्नेतले आजका कविहरूले परिवर्तन र अग्रगमनलाई आत्मसात् गर्दै कविता रच्नुले गणतन्त्रको विकल्प अरू कुनै व्यवस्था नभएको बताइन । प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा कौशिला रिसालले उद्घोषणका क्रममा विभिन्न जनआन्दोलन र जनयुद्धको जगमा जनताको सङ्घर्षबाट प्राप्त भएकाले गणतन्त्रका पक्षमा कवि र लेखकहरू उभिनु भनेको महत्त्वपूर्ण कुरा रहेको बताइन ।

गणतान्त्रिक ुकविता उत्सव ०८२मा प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा प्रसिद्ध कवि श्रवण मुकारुङलगायत १९ जना कविले आआफ्नो मातृभाषामा कविता वाचन गरेका थिए। जसमध्ये कविहरू प्रोल्लास सिन्धुलीय, केशव सिलवाल,शकुन्तला जोशी,मिश्रामाया गुरुङ, विना थिङ,केवल बिनावी,रिमा के।सी,अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरेका थिए।यसैगरी मैथिलीभाषामा रुपा झा ,नेपाल भाषामा रजनिमिला महर्जन,खसभाषामा ओम रिजाल, थारुभाषामा भूमिका थारु ,डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङभाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बूभाषामा भीमा खजुमले गणतान्त्रिक चेतनाले ओतप्रोत भएका कविता वाचन गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

रहेनन् बरिष्ठ पत्रकार चालिसे

बिशेष