१७ उपसचिव र ४ शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ उपसचिव र ४ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्त समूहमा रहेका कर्मचारीलाई तीन दिनभित्र जिम्मेवारी दिएर खटाउन निर्देशन दिएसँगै मन्त्रालयले अतिरिक्त समूहमा रहेका १५ उपसचिव र ४ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,महमद शेरे मुस्तफालाई निजामती अस्पताल,श्रीधर पन्थीलाई राष्ट्रिय सुरक्षण मुद्रण केन्द्र,निरज पौडेललाई भूमि मन्त्रालय,लक्ष्मी आचार्यलाई महिला आयोगमा खटाइएको छ ।

मन्त्रालयले बासुदेव रेग्मीलाई निजामती किताबखाना,महेश पाण्डे जिसस मोरङमा खटाएको छ । यस्तै तुलसी राम अर्याललाई उद्योग मन्त्रालय,गोविन्द घिमिरेलाई जिसस जाजरकोट,अच्युतराज रेग्मीलाई काजमा वाणिज्य,आपूर्ति,संरक्षण विभागमा पठाएको छ ।

बिज्ञापन

गंगा भट्टराई सुवेदीलाई काजमा वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पठाउँदा मन्त्रालयले अमृत कुमार धिताललाई जिसस रुकुम पूर्व पठाएको छ । तारानाथ लुँइटेललाई उद्योग मन्त्रालय,शिशिर पौडेललाई सञ्चारमा खटाइँदा राजकुमार केसीलाई जिसस तेह्रथुममा पठाएको छ । यस्तै जोरा सिंह माझिलाई निजामती अस्पतालबाट उद्योगमा पठाइएको छ भने सुमन अधिकारीलाई सडक विभागबाट राष्ट्रिय सतर्कता केन्द्र,मुनका न्यौपानेलाई जिसस मोरङबाट उद्योगमा ल्याइएको छ ।

यस्तै मन्त्रालयले शाखा अधिकृतहरु रमिता विष्टलाई सत्य निरुपण तथा मेलमिलाप आयोग,पूर्ण दुलाललाई संघीय मामिला मन्त्रालय,रामनारायण साहलाई रक्षा मन्त्रालय र गणेश घिमिरेलाई वित्त आयोगमा खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

बिशेष