अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञापन
मधेस प्रदेशका सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको, समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत झिक्न लगाई आफ्नो र श्रीमतीको खातामा राखेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
मधेश प्रदेश सरकारबाट प्रदेश सांसद कुशवाहाको भागमा परेको योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापामारेको जनाएको छ ।