अनिवार्य अवकाशमा जाने कर्मचारीलाई दुई घण्टामै सेवा, एउटै काउन्टर

 

बिज्ञापन

काठमाडौं, २०८२ जेठ १४
सरकारी सेवाबाट उमेर हदका कारण अनिवार्य अवकाश लिएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गर्दै राष्ट्रिय कितावखानाले ‘‘एउटै काउन्टर, दुई घन्टाभित्र सेवा’’ भन्ने नारासहित सेवा प्रवाहको नयाँ प्याकेज लागू गरेको छ।

बिज्ञापन

ढिलासुस्ती, शाखा–शाखा धाउनुपर्ने झन्झट, र कर्मचारीको रुखो व्यवहारले हैरान पार्ने अनुभव बोकेका अवकाशप्राप्त कर्मचारीहरूको गुनासोलाई सम्बोधन गर्दै सेवा सहज, प्रभावकारी र समयमै पुर्‍याउने उद्देश्यले यो प्याकेज लागू गरिएको हो।

महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, ‘‘भर्खरै सेवाबाट निवृत्त भई पेन्सन पट्टा बनाउन आएका धेरै कर्मचारीहरूले भौतिक फाइल खोज्न, शाखा धाउन र सेवा पाउन दिनौं लाग्ने गरेको गुनासो गरेका थिए। त्यस्ता समस्यालाई अन्त्य गर्न यो प्याकेज सुरु गरिएको हो।’’

बिज्ञापन

प्याकेजअन्तर्गत उपलब्ध प्रमुख सेवाहरू:

१. निवृत्तिभरण अधिकारपत्र (पेन्सन पट्टा) जारी
२. घरबिदा तथा बिरामी बिदाको रकम किटानीपत्र जारी
३. औषधि उपचार वापतको रकम किटानीपत्र जारी
४. निवृत्त कर्मचारीको डिजिटल ID कार्ड जारी

यी सम्पूर्ण सेवा अब एउटै काउन्टरबाट अधिकतम दुई घन्टाभित्र प्रदान गरिनेछ।

सुधारका चार आधार

महानिर्देशक पोखरेलका अनुसार, सेवा प्रभावकारी बनाउन चार महत्वपूर्ण सुधार गरिएका छन्:

  • Core App (pis.gov.np) लाई सबै सरोकारवालाको पहुँचमा ल्याएर Live गरिएको।
  • Digitization प्रक्रिया तीव्र पार्दै Dedicated Team परिचालन।
  • Front Desk अभिमुखिकरण गरी एउटै काउन्टरबाट सेवा दिन सक्ने बनावट।
  • Software सुधार गरेर ग्रेड निर्धारण र निवृत्तिभरण गणना सहज बनाइएको।

आगामी योजना र सीमितता

महानिर्देशक पोखरेलले यो प्याकेज प्रारम्भमा उमेरहदले सेवा निवृत्त भएका कर्मचारीका लागि मात्र लागू गरिए पनि आगामी दिनमा अन्य लाभग्राहीहरूका लागि पनि विस्तार गरिने योजना रहेको बताए।

तर, विभागले यो प्याकेजका केही सीमितता पनि औंल्याएको छ। निवृत्त कर्मचारीको सेवाविवरण अद्यावधिक नभएको, आवश्यक कागजात नलिएर आएको, वा पेश गरिएका प्रमाणिक कागजातहरू त्रुटिपूर्ण भएको खण्डमा निर्धारित समयसीमाभित्र सेवा दिन समस्या हुने विभागले स्पष्ट पारेको छ।

त्यसैले विभागले सम्पूर्ण निवृत्त कर्मचारीहरूलाई पूर्वतयारीसहित आउनुहुन अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

बिशेष