६ सचिवको सरुवा,२ को पदस्थापन

सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । रिक्त हुन पुगेको संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव खटाउँदा अन्य पाँच सचिवहरु हेर फेर गरिएको हो ।
गणेश पाण्डे अवकाशमा गएसँगै रिक्त रहेको संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्याबाट हरिप्रसाद मैनालीलाई ल्याइएको छ । पर्यटनमा आउनका लागि सार्वजनिक खरिद अनुगमनमा कार्यरत मुकुन्द निरौलाको निकै जोडबल थियो तर बाजी मैनालीले मारेका छन् ।

बिज्ञापन

स्वास्थ्यमा भने बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई ल्याइएको छ ।

बिज्ञापन

शिक्षाका डा दीपक काफ्लेलाई उपराष्ट्रपतिको कार्यालयमा थन्काएर त्यहाँ लोकनाथ पौड्याललाई ल्याइएको छ । रक्षा मन्त्रालय हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पुगेका किरणराज शर्माको लोकसेवा आयोगमा पुग्दा लोकसेवाबाट डिल्लीराम शर्मा वित्त आयोग पुगेका छन्।

यस्तै हिजोको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ सहसचिव भुपाल बराल र प्राविधिकतर्फ दिनानाथ मिश्र सचिवमा बढुवा गरेको छ ।

बिज्ञापन

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले मिश्रलाई बढुवा गरेको छ ।

यता हिजोको क्याविनेटले बागमती प्रदेशको प्रमुख सचिवमा भूपाल बराल र गण्डकी प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेललाई पदस्थापन गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष