बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान एक खरिदारलाई २० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
बिज्ञापन
अख्तियारले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डेलाई २० हजार नगद घुससहित आज नियन्त्रणमा लिएको हो । मालपोतको मुद्दाफाँटमा कार्यरत पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पाण्डेले लेखापढी व्यवसायी शान्ति पुनमार्फत घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोली कोहलपुरस्थित मालपोत कार्यालय पुगेको थियो । नेपालगञ्जबाट गएको आयोग टोलीले कोहलपुर नगरपालिका ११ स्थित तिवारी रेस्टुरेन्टबाट पाण्डे, पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ । खरिदार पाण्डेले लेखापढी व्यवसायी पुनमार्फत सेवाग्राहीसँग उक्त रकम लिएर रेस्टुरेन्ट सञ्चालक तिवारीलाई राख्न दिएका थिए ।
अख्तियारले उक्त रकम लिएर तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारी पनि आयोगले नियन्त्रणमा लिएर तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
बिज्ञापन