नजर अन्त कतै जान्न,आँखाको नानी बनेर बस
छिट्टै राज गरी यो दिलमा, दिलको रानी बनेर बस
बिज्ञापन
म माग्दैछु भिख केवल,तिम्रो चोखो प्रेमको
धनको होइन प्रिय तिमी, मनको दानी बनेर बस
बिज्ञापन
नानी बनाइराख्छु, झर्न दिन्न यो नयनदेखि
भन्दिन सधैँ बगिरहने, आँखाको पानी बनेर बस
चल्दैन मुटु रोकिन्छ धड्कन तिमी कतै टाढा भए
म प्रेम दीप जलाउँछु,मायाको खानी बनेर बस।
बिज्ञापन
उजाड हुन दिन्न “शिशिर” झैँ त्यो जिन्दगीलाई
बसन्ती बहार बोकी काखमै सानी बनेर बस।