अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई केहीबेर राखेर सोधपुछ गरेको छ।
बिज्ञापन
विश्वसनीय स्रोतका अनुसार उनलाई बिहीबार बिहान विशेष सूचनाका आधारमा अख्तियारमा बोलाएर केही जानकारी लिइएको थियो। आयोगले अध्यागमन प्रक्रियामा देखिएको केही अनियमिततासम्बन्धी अनुसन्धानका लागि भट्टराईसँग विवरण मागेको बताइएको छ।
बिज्ञापन
भट्टराईलाई सोधपुछपछि आयोगले सोही दिन नै छाडेको छ। अहिलेसम्म यसबारेमा अख्तियार वा भट्टराई पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पछिल्लो समय वैदेशिक यात्रु व्यवस्थापन र आप्रवासनसम्बन्धी विभिन्न गुनासा बढिरहेका छन्। त्यसै सन्दर्भमा अनुसन्धान अघि बढाइएको अनुमान गरिएको छ ।