लथालिङ्ग काँग्रेसको भातृ संगठन : ९ महिना पछाडि धकेलियो कर्मचारी युनियनको महाधिवेशन

नेपाल निजामती कर्मचारी युनियनको आगामी माघसम्म कार्यवहाक अध्यक्षकै भरमा चल्ने भएको छ ।

बिज्ञापन

यस अघि नवौं महाधिवेशन ०८२ वैशाख ४ र ५ गते काठमाडौंमा गर्नेगरी मिति तय भएकोमा ९ महिना पछाडि धकेलिएको हो । यो सँगै वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले थप थप ८ महिना कावा चलाउने भएका हुन । अध्यक्ष गोपाल पोखरेल अघिल्लो महिनामात्र अवकाश लागेर घर फर्किएसँगै काँग्रेसका अन्य भातृ संगठनझैं कर्मचारी युनियन पनि कार्यबहाकको भरमा चल्ने स्थितिमा पुगेको हो ।

बिज्ञापन

संघका महासचिव जनकबहादुर रावलले मंगलबार संशोधित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन आगामी माघ ५, ६ र ७ गते हुने जनाएका छन् ।

रावलका अनुसार,महाधिवेशनलाई लक्षितगरी जेठ १० गतेदेखि असोज मसान्तसम्म सदस्यता वितरण तथा नविकरण प्राथमिक कार्यसमिति गठन र स्थानीय कार्यसमितिको अधिवेशन गरिनेछ ।

बिज्ञापन

त्यसैगरी, आगामी कात्तिक मसान्तभित्र जिल्ला र प्रदेश विभागीय कार्यसमितिको विभागीय अधिवेशन सम्पन्न गर्ने, मंसिरमा विभागीय समन्वय प्रदेश अधिवेशनको आयोजना गर्ने जानकारी दिइएको छ । सबै जिल्ला र प्रदेश विभागीय समितिलाई असोजभित्र र केही कारणबस् बाँकी रहने समितिलाई अधिवेशन सकाएको एक साताभित्र विवरण पठाउन निर्देशन दिइएको छ ।

‘अधिवेशन सम्पन्न भई विवरण पठाउन बाँकी रहेका जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले २०८२ आषाढ मसान्तभित्र र अधिवेशन सम्पन्न हुन बाँकी जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र कागजात पठाउन भनिएको छ ।

क्रियाशील सदस्यताको सक्कल फाराम र साधारण सदस्यताको अर्धकट्टी, सदस्यता शुल्क जम्मा गरेको भौचरको छायाँप्रति, अधिवेशन उद्घाटन तथा बन्द सत्रमा उपस्थितहरुको विवरणलगायतका कागजात पठाउन भनिएको छ ।

नेपाली काँग्रेसका १३ वटा भातृ संगठन तदर्थ समिति बनाएर चलेका छन् । समयमा महाधिवेशन गर्न नसकेपछि नेपाल महिला संघ, नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ लगायतका दर्जन भातृ संगठनहरु तदर्थ समिति बनाएर चलिरहेको छ ।तिनै भातृ तथा शुभेच्छुक संघका भीडमा नेपाल निजामती कर्मचारी युनियन पनि थपिएको हो । गत महिना सम्पन्न गर्नुपर्ने महाधिवेशन झण्डै नौं महिना पछाडि सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वैच्छिक अवकाशको आकर्षण र निजामती सेवाको अदृश्य क्षति

“काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू” : नागढुंगा–मुग्लिङ अनुगमनमा मन्त्री लम्सालको अभिव्यक्ति विवादमा

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सरकारी गाडीमा सतर्कताको छापा, कसले चलायो पुलका सवारी ?

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री रावलले शक्तिशाली कर्मचारी छुन सकेनन्

सामान्य प्रशासनको भूमिका निर्देशन दिने कि सहजीकरण गर्ने ?

सातै प्रदेश सरकारले ल्याउँदैछन् बजेट

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

बिशेष