गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

बटेश्वर गाउँपालिकामा भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। विहिबार बिहान धनुषास्थित बटेश्वर गाउँपालिकाको कार्यालयमा टोली पुगेको थियो र योजनासम्बन्धी विभिन्न महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।

बिज्ञापन

अख्तियारका अनुसार गाउँपालिकाबाट सञ्चालित केही योजना सञ्चालनमा अनियमितता भएको गुनासोपछि प्रारम्भिक अनुसन्धानका लागि छापा मारिएको हो। टोलीले वडा कार्यालयहरूबाट संकलित विवरण, योजना पासका फाइल, लागत अनुमान, बिल-भर्पाई लगायतका कागजात संकलन गरेको छ।

बिज्ञापन

अख्तियारका एक स्रोतले बताए, “वर्षौंदेखि योजनाको दोहोरो भुक्तानी, नक्कली उपभोक्ता समिति, कार्य नगरेको योजना पूरा देखाएर रकम निकासा गरिएको भन्ने उजुरीहरू आएका थिए। त्यसैको आधारमा छापा मारिएको हो।”

छानबिनको क्रममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा योजना शाखाका कर्मचारीहरूसँग प्रारम्भिक सोधपुछसमेत गरिएको छ। अहिले अनुसन्धान प्रारम्भिक चरणमा रहेको र कागजात अध्ययनपछि थप विवरण बाहिर ल्याइने अख्तियारले जनाएको छ।

बिज्ञापन

स्थानीय बासिन्दा भने आक्रोशित देखिएका छन्। “हामीले वर्षौं देखेका योजनाहरू कागजमा मात्रै देखिन्छन्। काम नहुनु र बजेट सकिनु त सामान्य भइसक्यो,” स्थानीय समाजसेवी मनोज यादव भन्छन्, “अब त अख्तियारले ठोस प्रमाण देखाएर कारबाही गर्नुपर्छ।”

अख्तियारले नियन्त्रणमा लिएका कागजातलाई विश्लेषण गरेर आवश्यक परेमा मुद्दा दर्ता गरिने जनाएको छ। बटेश्वर गाउँपालिकाका अध्यक्षले भने हाल कुनै टिप्पणी दिन नसक्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

बिशेष