कमल भट्टराईको एक्सनमा बैदेशिक रोजगार विभागको मुहार फेरिँदै

लामो समयदेखि अनियमितता, दलाल प्रवृत्ति र ढिलो सुस्त कामको आरोप खेप्दै आएको बैदेशिक रोजगार विभाग पछिल्लो समय परिवर्तनको चरणमा छ। विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईको दृढ नेतृत्व र स्पष्ट कार्ययोजनाका कारण विभागको कार्यशैलीमा उल्लेखनीय सुधार देखा पर्न थालेको छ।

बिज्ञापन

 

बिज्ञापन

महानिर्देशकमा नियुक्त भएपछि भट्टराईले कार्यभार सम्हालेको छोटो समयमै विभागभित्र व्यापक सुधारका प्रयास थालेका छन्। सेवा प्रवाहलाई चुस्त बनाउन उनले ई-पास प्रणालीलाई थप प्रभावकारी बनाउने, श्रमिकको सहज पहुँच सुनिश्चित गर्ने र दलालहरूमाथि कडा निगरानी राख्ने निर्णय लिएका छन्। “बैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सेवा लिँदा सहज, पारदर्शी र सम्मानजनक व्यवहार हुनुपर्छ,” भट्टराईले भने, “अब विभागको ढोका दलाल होइन, सेवा लिन आउने श्रमिकका लागि खुला हुनेछ।” दलाल नियन्त्रण र सेवाग्राही मैत्री सेवा प्रणालीको सुरुवात भट्टराईले कार्यभार सम्हालेपछि सर्वप्रथम विभाग परिसरमा देखिएको दलालको प्रभाव हटाउन निर्देशन दिएका थिए। हाल विभाग परिसरमा सिभिल ड्रेसमा सुरक्षाकर्मी तैनाथ गरी अवैध रूपमा सिफारिस गराउने कार्यमा संलग्न व्यक्तिहरूमाथि कारबाही सुरु गरिएको छ।

 

बिज्ञापन

त्यसैगरी, सेवाग्राहीले सहज रूपमा जानकारी पाउन सकून् भनेर हेल्प डेस्क सुधार गरिएको छ भने अनलाइन सेवा प्रणालीलाई झनै भरपर्दो बनाउने काम अघि बढाइएको छ। दृष्टिकोणमा पारदर्शिता र उत्तरदायित्व कमल भट्टराईको नेतृत्वमा विभागमा कर्मचारीहरुको उपस्थिति प्रणालीदेखि लिएर फाइल ट्र्याकिङ प्रणालीसम्मको सुधार सुरु भएको छ। विभागभित्र हुने अनावश्यक ढिलाइ, फाइल ‘होल्ड’ गर्ने प्रवृत्ति हटाउन उनी व्यक्तिगत रूपमा निगरानी गरिरहेका छन्। श्रमिकका गुनासो सुन्ने ‘फिडब्याक सिस्टम’ सुरु विभागले सेवा लिने श्रमिकका गुनासो र सुझाव संकलन गर्ने डिजिटल फिडब्याक सिस्टम लागू गरेको छ। यसले सेवाग्राहीको अनुभवबारे प्रत्यक्ष जानकारी दिनुका साथै कर्मचारीको जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ। उनी आए लगत्तै विभागले यूरो अमेरिका सपोर्ट एण्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको छ ।

 

विरगञ्जका राजन कुमार बैठालाई कामदार भिषामा यूरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेलले जानकारी दिए । कमल भट्टराईको ‘एक्सन’ शैलीले बैदेशिक रोजगार विभागलाई एक नयाँ धारमा डोर्याउने संकेत देखिएको छ। अब विभागको प्राथमिकता दलालको सञ्जाल तोड्दै श्रमिकमैत्री सेवा प्रवाहमा केन्द्रित देखिन्छ। यदि यस्ता प्रयास निरन्तरता पाए, निकट भविष्यमै विभागको छवि पूर्ण रूपमा बदलिने सम्भावना देखिन्छ। पछिल्लो समय नयाँ महानिर्देशक कमल प्रसाद भट्टराई आएपछि वैदेशिक रोजगारी सम्बन्धी समस्याको समाधान, राहत, उद्धार, अनुगमन, श्रम स्वीकृति, वैदेशिक रोजगार ठगी, विद्युतीय सुशासन एवम् थुप्रै आन्तरिक सुधारका कामहरू भएका छन् । तर केही तल्ला तहका कर्मचारीहरुले भने उनलाई नै बदनाम बनाउने हो कि भन्ने आसन्का रहेको छ । उक्त कार्यालयमा बिवादित र पटकपटक दोहोरिएका कर्मचारीहरुको हलिमुली रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

कमल भट्टराईको एक्सनमा बैदेशिक रोजगार विभागको मुहार फेरिँदै

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

३२ जना नासुको सरुवा (सूचीसहित)

२२ जना खरिदारको सरुवा

सुनिल पौडेलसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष