२५ करोड काण्डको बास्तविक मालिक को हो ?

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिनिधिसभाको जारी बैठकमा सांसद खतिवडाले २५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् ।

 

बिज्ञापन

विभिन्न गैरकानुनी धन्दा प्रकरणमा ड्राइभर, भरिया पक्रने तर मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्ने उनले पुनः माग गरेका हुन् ।

‘केही महिना पहिले सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध  रकम युरो र डलर गरेर समात्ने काम गर्‍यो एउटा ड्राइभर र व्यापारी पक्राउ गर्‍यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ? अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने ? तर धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? सो गैरकानुनी कार्यमा को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्,’ उनले भने ।

 

सो अबैध २५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले भरिया कुसाङ लामा र नारायण पौडेलविरुद्ध मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पछि सांसद खतिवडा आक्रोशित भएका हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष