हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

नेपाली काँग्रेसको बैठकमा आँसु बगाएको भोलिपल्टै पूर्व मन्त्री बालकृष्ण खाँण पत्नी मञ्जुले महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् ।

बिज्ञापन

हिजो बसेको बैठकमा केही दिनअघि पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राई बैठकस्थलमा धरधरी रोएकी थिइन भने खाँण पत्नी मञ्जुले आफूलाई भ्रष्टाचारीको श्रीमती भन्दै लुक्दै र भाग्दै हिड्नु परेको दुखेसो पोखेकी थिइन ।

बिज्ञापन

सो को भोलिपल्टै उनले महत्वपूर्ण जिम्मेवारी पाएकी हुन । खाँणलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भएको अनियमितता छानविन गर्न गठित संसदीय उपसमितिको संयोजकको जिम्मेवारी दिइएको हो ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उक्त उपसमितिले  खाँणलाई उक्त जिम्मेवारी दिएको हो । लेखा समितिले विमानस्थल निर्माणमा भएको अनियमितता छानविन गर्न एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विमानस्थलको स्थलगत अध्ययन गरेर प्रतिवेदनसमेत तयार पारिसकेको अवस्थामा भट्टराईले अघिल्लो साता जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए ।

बिज्ञापन

प्रतिवेदनमाथि नै प्रश्न उठाइरहेको बेला गत आइतबारको लेखा समितिको बैठकमा ‘पूर्व पर्यटनमन्त्री भइसकेको मान्छे उपसमितिको संयोजक बन्न शोभनीय नहुने’ भन्दै भट्टराईले आफू जिम्मेवारीबाट बाहिरिएको जानकारी गराएका थिए । आज बसेको उपसमितिको बैठकले उनको ठाउँमा खाँणलाई चयन गरेको हो ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीसमेत रहेको उनी नेपाली काँग्रेसकी संसद हुन् । हिजोमात्र बालकृष्ण खाँणलाई मुद्धा चलाइएको कारण आफू भ्रष्टाचारीको पत्नी भएको आरोप लाग्दा लुकेर हिड्नुपर्ने स्थिति रहेको भन्दै सुकसुकाएकी थिइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष