कांग्रेसको राज्य प्रशासन विभागमा ४ पूर्वकर्मचारी मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसको राज्य प्रशासनमा चार जना पूर्वकर्मचारी मनोनित भएका छन्।

बिज्ञापन

पूर्वसहसचिव डिल्लीप्रसाद शिवाकोटी, पूर्वउपसचिव तीर्थराज खनाल, नेपाल निजामती कर्मचारी युनियनका दुईपटक पूर्व अध्यक्ष समेत रहेका  अधिक गोपालप्रसाद पोखरेल र मक्करबहादुर रावल कांग्रेसको राज्य प्रशासन विभागको सदस्यमा मनोनित भएका छन्। अर्थ मन्त्रालयमा लामो समय काम गरेका सहसचिव शिवाकोटी र यातायात, श्रम, राजस्व अनुसन्धानमा काम गरेका उपसचिव खनाललाई अवकाशपछि कांग्रेसले नयाँ जिम्मेवारी दिएको छ।

शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन् ।

बिज्ञापन

त्यस्तै अन्य विजयराज आचार्य (कास्की),अर्जुन साह (सप्तरी),थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी),गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके),तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनित भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष