चुपचाप तिमी आयौ रत म खुसी छु।
मसँग माया लायौ रत म खुसी छु।
बिज्ञापन
टुटेका सपनाहरु जागे फेरि नयन बाट
तिमीले कथा सुनायौ रत म खुसी छु।
बिज्ञापन
निशब्द भएको थिएँ मौनतामा गुज्रेर
तिमीले मलाई हसायौ रत म खुसी छु।
अन्धकारले छायो मनको यो गल्ली
तिमीले दिप जगायौ रत म खुसी छु।
बिज्ञापन
थाकेर मेरा पाईला लर्खराएका थिए
तिमीले हात समायौ रत म खुसी छु।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























