शिशिर बुढाथोकीको गजल

नेपाल आमाको आँखामा पानी आखिर कहिलेसम्म
देशको लागि युवा बलिदानी आखिर कहिलेसम्म

बिज्ञापन

जनता मालिक बनाउने कयौँ तन्त्र आए कयौँ सहिद भए
तर जहिले कुर्सी तानातानी आखिर कहिलेसम्म

बिज्ञापन

स्वरोजगारको नारा ल्यायौ आखिर युवा खाडी पठायौ
हाम्रो परदेशी जिन्दगानी आखिर कहिलेसम्म

वनजङ्गल नदीनाला सम्पदा नी बेची खायौ
रित्याउँछौ देशको खानी आखिर कहिलेसम्म

बिज्ञापन

लाजघीन पचाएर खोक्रो आश्वासनले मात्र
चल्छ तिम्रो मनोमानी आखिर कहिलेसम्म

कि त सुध्रिनु आफै कि त जनताले नै सुधार्नु पर्ला
भ्रष्टाचारको खराब बानी आखिर कहिलेसम्म

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

महत्वपूर्ण विषय समावेश नगरी विद्येयक पारित गरिएकोमा कर्मचारी युनियनको आपत्ति

शिशिर बुढाथोकीको गजल

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिले गरेका नयाँ व्यवस्थाहरु र मेरो भन्नु

राजनीतिमा तटस्थ, निजामती प्रशासनको खोजी

केही हाइकु

बिशेष