न्याय सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका ७ सहसचिवहरुको सरुवा गरेको छ । आयोगको बैठकले सहसचिवस्तरका कर्मचारीहरु पुष्कर सापकोटालाई लोकसेवा आयोगबाट अख्तियार,राष्ट्रपतिको कार्यालयबाट किशोर चौधरीलाई लोकसेवा आयोगमा सरुवा गरेको छ ।
बिज्ञापन
यस्तै,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिमबाट लिलाधर सुवेदीलाई लुम्बिनी प्रदेशमा पठाएको छ । लुम्बिनीबाट रामजी दनाईलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ ।
बिज्ञापन
सरुवाको सूची अनुसार,कानुन मन्त्रालय (विशेष पद)शुभाष भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कानुनबाटै उर्मिला जिसीलाई राष्ट्रपतिको कार्यालयमा खटाइएको छ । मानबहादुर बस्नेतलाई मन्त्रालयबाट सुदूरपश्चिममा पठाइएको छ ।
यस्तै आयोगले न्याय सेवाका चार,कानुन समूहका ८,सरकारी वकिलतर्फका १ गरी १३ जना उपसचिवहरुको सरुवा गरेको छ । यस्तै १३ जना शाखा अधिकृतहरु पनि सरुवा भएका छन् । ४ सहसचिव,१९ उपसचिवको पदस्थापन समेत गरिएको छ ।
बिज्ञापन