स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

विभिन्न स्वार्थ समूहका कारण संघीय निजामती विद्येयक विथोलिँदै छ । यही कारण दश बर्षदेखि निजामती विद्येयक घुमेको घुम्यै छ । गत बर्ष फागुनमा दर्ता भएको विद्येयक यसै बजेट अधिवेशनमा ल्याइने बताइँदै आएको भए पनि बहालवाला कर्मचारी,उच्च प्रशासकहरुको स्वार्थ अनुकुलको बुँदा राख्न खोज्दा पेचिलो बन्दै गएको छ ।

बिज्ञापन

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको त्रिहत्तरौँ बैठक आज बस्ने भएको छ । समितिको ७३ औं बैठक अहिले बिहान ८ बजेको बस्न लागेको छ ।
गत आइतवारकै बैठकबाट प्रतिवेदन पारित गर्ने तयारी थियो तर कुलिङ पिरियड र उमेर हद लगायतका केही प्रावधानमा सताधारी दल एमाले र काँग््रेसबीच मतैक्य हुन नसक्दा संघीय निजामती सेवा विद्येयक राज्य व्यवस्था समितिबाट पारित हुन सकेको थिएन गत आइतबार ।

बिज्ञापन

गत सातामात्र विद्येयकलाई अन्तिम रुप दिएको समितिले गत आइतवार समितिको बैठक राखेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,गृहमन्त्रीका अलवा शिक्षामन्त्री समेत उपस्थित रहेका थिए । एउटा विद्येयकको छलफलमा तीन तीन जना मन्त्री पुगेपछि काँग्रेसकै केही सांसदहरुले आपत्ति जनाएका थिए ।

तर सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा मत बाझिदा आइतबार पारित गरेर प्रतिनिधिसभामा पेश गर्न समिति असफल भएको हो । सत्ताधारी दल कांग्रेस र एमालेबीच कुलिङ पिरियडकै बिषयमा मत बाझिदै आएको छ । कुलिङ पिरियड राख्ने बिषयमा दुबै दल सहमत छन् तर एमालेले एक वर्षमात्रै र काँग्रेसले दुई बर्ष कुलिङ पिरियड राख्नुपर्ने मत राख्दै आएका छन् । यस्का अलवा उमेर हद ६० बनाउने बिषयमा दुबै दलका सांसदहरु सहमत छन् । तर एकै पटक ६० बर्ष पुर्याउने वा ६ ६ महिनाको फरकमा बनाउने भन्नेमा समेत मतैक्य हुन सकेको छैन । लोकसेवा आयोगका दुई थरी सुझाव दिएका कारण समेत यसमा लफडा निस्किरहेको छ । यस्का अलवा स्वार्थ समूहको प्रभावका कारण समेत गिजोलिन पुगेको छ,निजामती विद्येयक ।

बिज्ञापन

अहिलेको बजेट अधिवेशनमै निजामती सहित शिक्षा विद्येयक पारित गर्ने बताइए पनि अझैं दलहरुबीच कतिपय विवादित प्रावधानमा सहमति जुटाउनै सकस परिरहेका कारण विद्येयक केही समय समितिमै थन्किने स्थिति बनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

५ लाख ७० हजार घुससहित इञ्जिनियर रंगेहात पक्राउ

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका यी ‘हाइप्रोफाइल’ले कसरी पाए सफाइ ?

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

बिशेष