स्वार्थ समूहका कारण गिजोलिदैं निजामती विद्येयक

विभिन्न स्वार्थ समूहका कारण संघीय निजामती विद्येयक विथोलिँदै छ । यही कारण दश बर्षदेखि निजामती विद्येयक घुमेको घुम्यै छ । गत बर्ष फागुनमा दर्ता भएको विद्येयक यसै बजेट अधिवेशनमा ल्याइने बताइँदै आएको भए पनि बहालवाला कर्मचारी,उच्च प्रशासकहरुको स्वार्थ अनुकुलको बुँदा राख्न खोज्दा पेचिलो बन्दै गएको छ ।

बिज्ञापन

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको त्रिहत्तरौँ बैठक आज बस्ने भएको छ । समितिको ७३ औं बैठक अहिले बिहान ८ बजेको बस्न लागेको छ ।
गत आइतवारकै बैठकबाट प्रतिवेदन पारित गर्ने तयारी थियो तर कुलिङ पिरियड र उमेर हद लगायतका केही प्रावधानमा सताधारी दल एमाले र काँग््रेसबीच मतैक्य हुन नसक्दा संघीय निजामती सेवा विद्येयक राज्य व्यवस्था समितिबाट पारित हुन सकेको थिएन गत आइतबार ।

बिज्ञापन

गत सातामात्र विद्येयकलाई अन्तिम रुप दिएको समितिले गत आइतवार समितिको बैठक राखेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,गृहमन्त्रीका अलवा शिक्षामन्त्री समेत उपस्थित रहेका थिए । एउटा विद्येयकको छलफलमा तीन तीन जना मन्त्री पुगेपछि काँग्रेसकै केही सांसदहरुले आपत्ति जनाएका थिए ।

तर सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा मत बाझिदा आइतबार पारित गरेर प्रतिनिधिसभामा पेश गर्न समिति असफल भएको हो । सत्ताधारी दल कांग्रेस र एमालेबीच कुलिङ पिरियडकै बिषयमा मत बाझिदै आएको छ । कुलिङ पिरियड राख्ने बिषयमा दुबै दल सहमत छन् तर एमालेले एक वर्षमात्रै र काँग्रेसले दुई बर्ष कुलिङ पिरियड राख्नुपर्ने मत राख्दै आएका छन् । यस्का अलवा उमेर हद ६० बनाउने बिषयमा दुबै दलका सांसदहरु सहमत छन् । तर एकै पटक ६० बर्ष पुर्याउने वा ६ ६ महिनाको फरकमा बनाउने भन्नेमा समेत मतैक्य हुन सकेको छैन । लोकसेवा आयोगका दुई थरी सुझाव दिएका कारण समेत यसमा लफडा निस्किरहेको छ । यस्का अलवा स्वार्थ समूहको प्रभावका कारण समेत गिजोलिन पुगेको छ,निजामती विद्येयक ।

बिज्ञापन

अहिलेको बजेट अधिवेशनमै निजामती सहित शिक्षा विद्येयक पारित गर्ने बताइए पनि अझैं दलहरुबीच कतिपय विवादित प्रावधानमा सहमति जुटाउनै सकस परिरहेका कारण विद्येयक केही समय समितिमै थन्किने स्थिति बनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष