अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो राती सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियरलाई घुससहित रंगेहात समातेको छ ।
बिज्ञापन
खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारबाट गएको टोलीले सन्तोष कुमार यादवलाई भक्तपुरबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय,ओखलढुङ्गाका इन्जिनियर सन्तोषकुमार यादवलाई मध्यपुर ठिमी नगरपालिका १, लोकन्थलीबाट ५ लाख ७० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो,अख्तियारले ।
सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिज्ञापन