सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

सहसचिव शोभाकान्त पौडेल सचिव बढुवाका लागि सिफारिस भएका छन् । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि वरिष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरेको छ।

बिज्ञापन

सचिव बढुवा सिफारिस समिति लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा बढुवा प्रक्रिया सञ्चालन गर्दछ।  सोहीअनुसार, सबैभन्दा ज्येष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरिएको हो।

आज साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। उनलाई प्रदेशमा प्रमुख सचिवको रूपमा पदस्थापन गरिनेछ भने रिक्त सचिव पदमा प्रदेश प्रमुख सचिवहरूमध्येबाट एक जनालाई संघमा ल्याइनेछ।

बिज्ञापन

सोभाकान्त पौडेल नेपालको प्रशासनिक सेवामा लामो अनुभव र विभिन्न महत्वपूर्ण पदहरूमा कार्यानुभव भएका एक सक्षम र अनुभवी अधिकारी हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष