गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

 

बिज्ञापन

सरकारी निकायहरुको कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएको छ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन गत आर्थिक बर्षको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख लेखेको छ ।

बिज्ञापन

कूल ५ हजार ७ सय ५९ वटा निकाय कार्यालयहरूको लेखापरीक्षण गर्दा गर्दा ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण गरिएको छ ।

महालेखा परीक्षक तोयम रायाका अनुसार, सङ्घीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ९३ कार्यालयहरूको ३१ खर्ब ६ अर्ब १६ करोड, प्रदेश तथा निकायतर्फ १ हजार १ सय ६५ कार्यालयको ३ खर्ब ८ अर्ब ५६ करोड, स्थानीय तहतर्फ ७ सय ६१ को ११ खर्ब १८ अर्ब ४० करोड, समिति र अन्य संस्थातर्फ प्रदेशका समेत १ सय २५ गरी ६ सय ९५ संस्थाको ५ खर्ब २२ अर्ब १३ करोड, सङ्गठित संस्थातर्फ ४३ संस्थाको ४४ खर्ब ७ अर्ब ४ करोड रहेको छ ।

बिज्ञापन

कूल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएकोमा सङ्घीय सरकारका कार्यालयमध्ये ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, समिति र अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ ।

महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा अद्यावधि बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तहतर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधि बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ ।

यसमध्ये सङ्घीय सरकारी कार्यालयहरूको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब ९ अर्ब २९ करोड, समिति र अन्य संस्थाहरुको १ खर्ब १७ अर्ब ९७ करोड रहेको छ ।

प्रतिवेदन अनुसार,गत वर्षसम्मको बाँकी बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा समायोजन तथा फस्यौंट गरिएको अङ्क घटाइ यो वर्षको थपसमेत ७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु बाँकी रहेको छ। लेखापरीक्षणको क्रममा तथा सम्परीक्षणबाट यो वर्ष १४ अर्ब ४८ करोड असुल भएको छ।

कारबाही गरी टुङ्गो लगाउनुपर्ने ५ खर्ब ५१ अर्ब २ करोड रहेको मध्ये राजस्व बक्यौता ४ खर्ब ७२ अर्ब ३५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड, जमानत बसी दिएको ऋणको भाखा नाघेको सावाँ ब्याज ४९ अर्ब ३७ करोड र लेखापरीक्षण बक्यौता रकम ८ अर्ब ७१ करोड रहेको छ।

यो वर्षको लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

बिशेष