‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य ९एमआरपी० लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् ।

बिज्ञापन

उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे ।मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरुलाई व्यवसायीहरुले ‘आतङकारी’को रुपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् ।

बिज्ञापन

उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ । कोहीपनि अछुतो छैनौं ।’उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे ।

‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं । छ भने मलाई भन्नुस् । अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन् । त्यो कानूनमा पनि छैन् । कर्मचारीहरु नै जानुहुन्छ । प्रेस विज्ञप्ति ९रिलिज० निकाल्छौ । प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरुलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौ,’ उनले भने ।यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको वाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रुपमा चोरी गरेसरह हुने बताए ।

बिज्ञापन

‘एमआरपी दुई प्रकारको हुन्छ । एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नैं हुँदैन । यदी एमआरपी हुन्छ भने उ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो । तेस्रोको एमआरपी हुँदैन् । त्यो अधिकार कानूनले दिंदैन । अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष