उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले पाँच जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको गत शुक्रवारको निर्णय अनुसार पाँच सहसचिव आन्तरिक सरुवा गरेको हो । आन्तरिक सरुवामा परेका सहसचिवमा जीवछ मण्डल,सागर चन्द,सन्दिव देव,चिरञ्जिवी चटैत,महेश्वर श्रेष्ठ लगायत रहेका छन् ।
बिज्ञापन
यसरी सरुवामा परेकामध्ये केही तीन महिना नपुग्दै अन्यन्त्र पठाइएको भन्दै असन्तृष्टि पोखेका छन् । सरुवामा परेका केही सहसचिव पत्र बुझ्न नमानेपछि आइतबार मन्त्रालयमा रमिता चलेको थियो ।
बिज्ञापन
सूची अनुसार चिरञ्जिवी चटैतलाई तीन महिना नबित्दै मन्त्रालयको उर्जा महाशाखामा तानिएको छ भने जीवछ मण्डललाई आयोजनालाई खटाइएको छ ।
यस्तै,सन्दिव देवलाई आयोगको सचिवालय,महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना,सागर चन्दलाई मन्त्रालयको विकास सहायता महाशाखामा खटाइएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
सचिव सुरेश आचार्य एउटा कार्याक्रमको सिलसिलामा भुटानतिर भएको मौकामा मन्त्रीले ती सहसचिवहरु हेरफेर गरेका थिए । सचिवसँगै विदेश गएका सहसचिव जीवछ अकाश यात्रामै हुँदा सरुवामा परेका छन् ।