राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा बूढाथोकी,कार्यसमितिमा अधिकांश नेपाल टेलिकमका

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा तिलकजंग बुढाथोकी चयन भएका छन् । माओवादी निकट उक्त संगठनको तेस्रो केन्द्रीय अधिवेशनले बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

बिज्ञापन

सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत कर्मचारीहरुमध्येबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णुप्रसाद खनाल चयन भएका छन् । कार्यसमितिमा चयन भएकामध्ये उपाध्यक्ष,महासचिव,सचिव नेपाल टेलिकमबाटै परेका छन् ।

बिज्ञापन

खनाल गोरखापत्र संस्थानमा कार्यरत छन् । यस्तै उपाध्यक्षहरूमा क्रमश नेपाल टेलिकमबाटै कपिल प्रसाद पन्त र करण भण्डारी चयन हुँदा दुग्ध विकास संस्थानका अभिमन्यु खड्गी अर्काे उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै कार्यसमितिमा नेपाल टेलिकमबाटै रामचन्द्र लम्साल चयन भएका छन्,उनी महासचिवमा चयन हुँदा सचिवमा रेडियो नेपालबाट प्रमोद भट्टराई, राससमा आवद्ध अशोक घिमिरे,नेपाल टेलिकमकै सुजना पौडेल चयन भएका छन् ।

बिज्ञापन

यस्तै केयुकेएलमा कार्यरत नन्दुकुमार तन्दुकार चयन हुँदा सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे, निर्मला आचार्य, दलबहादुर बिक चयन भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष