राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर चयन हुनुभएको छ । शनिबार नुवाकोटको पर्यटकीय गाउँ ककनीमा भएको साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो । यसअघि रूद्रसिंह तामाङ अध्यक्ष हुनुहुन्थ्यो ।
बिज्ञापन
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, सहसचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित हुनुभएको छ ।
बिज्ञापन
सदस्यहरुमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक निर्वाचित हुनुभएको नवनिर्वाचित सहसचिव विनोद न्यौपानेले बताउनुभयो।
यसैगरी साधारण सभाले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।सल्लाहकार समितिमा डा. मनोज केसी, डा. केदार नरसिंह केसी, रूद्र सिङ तमाङ, रामप्रसाद थपलिया, तुलसी सिटौला, होमनाथ थपलिया, सुदर्शन भण्डारी, बासुदेव गुरागाँई,जंगबहादुर अर्याल र पुष्पराम केसी रहनुभएका छ्न ।
राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले विभिन्न रचनात्मक कामहरु गर्दै आइरहेको छ ।