राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा रानामगर

राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर चयन हुनुभएको छ । शनिबार नुवाकोटको पर्यटकीय गाउँ ककनीमा भएको साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो । यसअघि रूद्रसिंह तामाङ अध्यक्ष हुनुहुन्थ्यो ।

बिज्ञापन

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, सहसचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित हुनुभएको छ ।

बिज्ञापन

सदस्यहरुमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक निर्वाचित हुनुभएको नवनिर्वाचित सहसचिव विनोद न्यौपानेले बताउनुभयो।
यसैगरी साधारण सभाले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।सल्लाहकार समितिमा डा. मनोज केसी, डा. केदार नरसिंह केसी, रूद्र सिङ तमाङ, रामप्रसाद थपलिया, तुलसी सिटौला, होमनाथ थपलिया, सुदर्शन भण्डारी, बासुदेव गुरागाँई,जंगबहादुर अर्याल र पुष्पराम केसी रहनुभएका छ्न ।


राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले विभिन्न रचनात्मक कामहरु गर्दै आइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष