अकुत सम्पत्ति जोडेका सब इञ्जिनियर विशेष अदालत धाउँदै

काठमाडौँ उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

पौड्यालले मिति २०५१ वैशाख ९ देखि २०८० असार ३१ गतेसम्मको अवधिमा तलब, भत्ता, उनी र परिवारको नाममा रहेको जग्गा बिक्री आय, बीमा र छोराछोरीको पारिश्रमिकसमेत वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्टमा लगानी, सवारीसाधन खरिद, शेयर, ऋण सापटी, सुनलगायतको खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार सब–इन्जिनियर पौड्याल २०५१ वैशाख ९ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनीविरुद्ध उजुरी परेपछि ०८० असार ३१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा तीन करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको पाइएको बताइन्छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष