यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

यस आर्थिक वर्षको अब दुई महिनाभित्रमा ६ सचिव, १४ सहसहसचिव अनिवार्य अवकाशमा जाँदैछन् । निजामती सेवामा ३८ बर्ष बिताएर बिहिबारमात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् ।

बिज्ञापन

सिंह पछि अबको पाँच दिन पछि सचिव गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा जाँदैछन् । हाल महालेखा नियन्त्रक रहेका पाण्डे यही वैशाख ३० गते घर जानेछन् । यस्तै जेठ २४ मा सचिव रघुराम विष्ट अवकाशमा जाँदैछन् । इञ्जिनियरिङ सेवाका सचिव मधु भेटवाल पनि आगामी महिना घर जानेछन् । यस्तै जेठ २९ मा कानुन, न्याय, तथा संसदीय मामिला उदयराज सापकोटा अवकाशमा जाँदैछन् । व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै ०८२ असार ६ गते वामदेव अधिकारी जागिरबाट घर जानेको सूचीमा छन् ।

बिज्ञापन

यस्तै अवको दुई महिनाभित्रैमा थप १४ जना सहसचिवहरु अवकाशमा जाँदैछन् । निजामती किताबखानाको तथ्यांक अनुसार,प्रशासन सेवाका ८ जना, इन्जिनियरिङ सेवाका ४ जना तथा परराष्ट्र सेवा र न्याय सेवाका एक एक जना सहसचिवहरू अनिवार्य अवकाशमा जाँदैछन् ।

अनिवार्य अवकाशमा जान लागेका सहसचिवहरुमा  नारायणप्रसाद सापकोटा,बद्रीबहादुर कार्की, अरुणकुमार झा,हरिशचन्द्र घिमिरे,शिवराज चौलागाई,रामचन्द्र काफ्ले,चण्डिप्रसाद घिमिरे,रामेश्वर मरहठ्ठा,किरण रुपाखेती,नुरहरि खतिवडा,गोविन्दराज गौली पनि साउन अगावै अवकाश लागेर घर जानेछन् ।

बिज्ञापन

यस्तै सचिवहरु गणेशप्रसाद पाण्डे,रघुराम विष्ट, मधु भेटवाल,उदयराज सापकोटा, सुदर्शन खड्का र वामदेव अधिकारी जागिरबाट घर गएसँगै प्रशासन सेवाका २, इन्जिनियरिङ, कानुन, संसद्, लेखापरीक्षण सेवाका १/१ जना सहसचिव सचिवमा उक्लदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष