कराेडाैंकाे भेप चाेरीमा मुछिए भन्सारकै कर्मचारी,विभाग तानिए भन्सार प्रमुख

 

बिज्ञापन

अर्थ मन्त्रालयले तीन जना उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको छ । सिसि क्यामरा नै अफ गरेर भन्सारका कर्मचारीहरुले गोदामबाट भेप चोरी गरेको प्रकरणमा भन्सार प्रमुखलाई विभागमा तानिएको हो ।

बिज्ञापन

मन्त्रालयले राजश्व प्रशासनतर्फका उपसचिव कमलकुमार भट्टराईलाई तातोपानी भन्सारबाट भन्सार विभागमा तानेर त्यहाँ मेची भन्सार कार्यालय,काँकडभिट्टका प्रमुखका रुपमा कार्यरत राजेन्द्र चुँडाललाई खटाएको छ। यस्तै विभागबाट हरिहर पौडेललाई मेची भन्सार कार्यालयको प्रमुखका रुपमा खटाएको छ ।

रातारात भन्सारबाट कमललाई फिर्ता बोलाइनुको कारण भेप चोरी मुख्य कारण हो भन्छन्,भन्सारका अधिकारीहरु । गत शनिबार भन्सारको गोदामबाट ३६ कार्टुन भेप चोरी भएको थियो। चोरी भएको भेपको मूल्यमात्र झण्डै २ करोड हाराहारी हुने बताइन्छ । सोही प्रकरणमा जोडेर भन्सार प्रमुखलाई विभागमा तानिएको छ भने भन्सारका गार्डसहित अपरेटर र अन्य दुई स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

चोरीको प्रकरण जोडिएका कारण अहिले यो केश प्रहरीलाई जिम्मा दिएको छ । भन्सारका कर्मचारीहरुले सिसिटिभीको तार नै काटेर भेप चोरी गरेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

सिल्क ट्रान्सपोर्टले पछिल्लो समय यही नाकाबाट अवैद्य रुपमा भेप ओसार पसार गर्दै आएको छ । भेप भनिए पनि सो भित्र सुन लुकाएर ल्याउने काममा सिल्क ट्रान्सपोर्ट मुछिँदै आएको छ ।
स्मरणीय छ यस अघि इमाडोलस्थित गोदामबाट सोही ट्रान्सपोर्टका नाममा रहेको झण्डै एक लाख थान भेप राजश्वले बरामद गरेको थियो ।

अहिले तातोपानी भन्सारको घटनालाई भन्सारका अधिकारीहरु दुई बर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा घटेको घटनासँग तुलना गर्दैछन् । सो समयमा नायब सुब्बा रेवन्त खड्कालाई भन्सारले जफत गरेको सामान साटफेर गरी सुन निकालेका थिए ।

चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । पटक पटक स्क्यान गरेर बाक्सामा चुरोटबाहेक अरु कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई विमानस्थलको गोदाममा थन्क्याईदिएका थियो । सामान्यत जफत गरेका सामानहरु एककट्ठा गरी केही महिनामा लिलामीका लागि पठाउने अभ्यास छ । त्यसकारण उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो ।

उनै सुब्बा खड्काले बाक्सा साटेर त्यहाँभित्रको चुरोट (जसमा सुन लुकाइएको थियो) निकाली दलाल दिनेश बस्नेतसँग मिलेर न्यूरोडमा बेचेको बिषय बाहिरिएपछि उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

बिशेष