मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । निकै पेचिलो बन्न पुगेको बैठकमा गभर्नर नियुक्तिको बिषयमा समेत छलफल हुने जनाइएको छ ।
बिज्ञापन
गभर्नर नियुक्तिको रेसमा नीलम ढुङ्गना र गुणाकर भट्ट रहेका छन् । नीलमलाई एमाले र गुणाकरले काँग्रेसको समर्थन रहेको छ । गभर्नर बन्नकै लागि राजीनामा दिएका गुणाकरको राजीनामा नीलमले अड्काएसँगै गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलो हुन पुगेको छ । उता गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली तथा एमालेनिकट व्यक्तिले ‘डबल रोल’ खेलिरहेको कांग्रेसको एउटा पक्षको बुझाई छ ।
यता राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, ज्ञानेन्द्र ढुंगानालगायत पनि वैकल्पिक नेतृत्वका लागि लबिङ गरिरहेको बताइन्छ ।
आजको क्याविनेटमा संसद्मा जारी नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र भारत पाकस्थान युद्ध,समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बिज्ञापन