तातोपानी भन्सार कार्यालय प्रमुख कमल भट्टराईको सरुवा गरिएको छ।उनको स्थानमा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुँडाललाई खटाएको छ। साथै, मेची भन्सारमा हरिहर पौडेललाई पठाइएको छ ।
बिज्ञापन
श्रोतको अनुसार मेची भन्सार कार्यालयका प्रमुख चुँडाल यस अगाडी नै तातोपानी जान खोजेका थिए ।
बिज्ञापन
अर्थ मन्त्रालयका अनुसार शनिबार विद्युतीय चुरोट (भेप) चोरीको घटनापछि भट्टराईको सरुवा गरिएको छ।श्रोतका अनुसार समन्वयमा केही कमजोरी भएको ठहर गर्दै उनको सरुवा गरिएको हो।
केही समयअघि सिल्क ट्रान्सपोर्टको कन्टेनर जाँचका क्रममा ९८० कार्टुन भेप फेला परेको थियो। शनिबार भन्सारको गोदामबाट ३६ कार्टुन भेप चोरी भएको थियो।
बिज्ञापन
राति २ देखि ३ बजेको बीचमा सीसीटीभीको तार काटिएको थियो।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























