व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । डेढ करोड रकम तिर्न नसक्दा उनी जेल चलान भएका हुन । बैंकिङ कसुर र चेक अनादरका मुद्दामा दोषी ठहर ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाल काठमाडौँको जमलस्थित ब्रान्डेड मदिराको व्यापार गर्दै आएका थिए ।
बिज्ञापन
ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई चेक अनादर र बैकिङ कसुरका फरक फरक मुद्दामा दोषी ठहर भएपछि फरार थिए । २०७८ फागुनमा पनि पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका थिए । तर अदालतको फैसलापछि भने उनी फरार रहेका थिए ।
बिज्ञापन
काठमाडौँ जिल्ला अदालतले उनलाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर भई अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।
मंगलबार स्वयम्भूबाट पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाइएको छ ।
बिज्ञापन
काठमाडौं महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाललाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । २०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो ।