बैंकिङ कसुर र चेक अनादरको मुद्धामा व्यवसायी अग्रवाल पक्राउ

व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । डेढ करोड रकम तिर्न नसक्दा उनी जेल चलान भएका हुन । बैंकिङ कसुर र चेक अनादरका मुद्दामा दोषी ठहर ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाल काठमाडौँको जमलस्थित ब्रान्डेड मदिराको व्यापार गर्दै आएका थिए ।

बिज्ञापन

ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई चेक अनादर र बैकिङ कसुरका फरक फरक मुद्दामा दोषी ठहर भएपछि फरार थिए । २०७८ फागुनमा पनि पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका थिए । तर अदालतको फैसलापछि भने उनी फरार रहेका थिए ।

बिज्ञापन

काठमाडौँ जिल्ला अदालतले उनलाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर भई अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

मंगलबार स्वयम्भूबाट पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाइएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाललाई २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । २०८० असार २१ गते चेक अनादरको मुद्दामा ३ हजार जरिवाना र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार जरिवानाको फैसला भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष