सडक विभागले सब इन्जिनियर अमोद पौडेललाई सेवाबाट हटाएको छ।
बिज्ञापन
सडक विभागले बुधबार सूचना जारी गर्दै सडक विभाग पुलमा पदाधिकार रहेका पौडेललाई सेवाबाट हटाइएको जानकारी दिएको हो।
बिज्ञापन
सडक विभाग पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्रा.) सब इन्जिनियर श्री अमोद पौडेल (क.सं.नं. २१२८२६) लाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाइएको विभागले जनाएको छ।