१ सय ६६ जना सशस्त्र प्रहरी कारवाहीमा

सशस्त्र प्रहरी बल नेपालले करीव २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक संजालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्विर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १ सय ६६ जना कर्मचारीहरुलाई विभागिय कारवाही गरेको छ ।

बिज्ञापन

उनीहरुले व्यक्तिगत प्रोफाईल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।कारवाही परेकाहरुमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, बरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराईएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ ।

बिज्ञापन

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारवाही गर्दै आएको छ । संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।
यसैगरी ४ जना कर्मचारी कारवाही प्रकृयामा रहेका छन् । प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार १ जना र जवान ३ जना रहेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५ सचिवको पदस्थापन तथा सरुवा

 १ सय ६६ जना सशस्त्र प्रहरी कारवाहीमा

दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु, गाउँपालिकामा शोक बिदा

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोड राजस्व चुहावटको मुद्दा

निजामती कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन:- राज्य व्यबस्था तथा सुशासन समितिको छलफलमा समेत ओझेलमा परेको बिषय

नेपालको भू-राजनीतिक स्थिति:- अवसर र चुनौतीहरूको विश्लेषण   

स्टार्टअप कर्जाका लागि छानिए ६ सय ६१ परियोजना

ग्रेड रोक्कादेखि निलम्बनसम्म परेका एक जब्बर उपसचिव

बिशेष