सम्वेगात्मक बौद्धिकता भन्नाले आफ्नो र अरूको भावना बुझ्ने, नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र सकारात्मक रूपमा प्रयोग गर्ने क्षमतालाई जनाइन्छ। यो भावनालाई अनुभव गर्ने मात्र होइन, ती भावना कहिले, किन, र कसरी उत्पन्न भए भन्ने बुझ्न सक्ने बौद्धिक योग्यता हो।सम्वेगात्मक बौद्धिकता भएका व्यक्तिहरू आत्मचिन्तनशील, सहानुभूति सम्पन्न, र सञ्चारमा कुशल हुन्छन्। उनीहरू तनावमा पनि संयमित रहन सक्छन् र अरूको दृष्टिकोणलाई सम्मान गर्न जान्दछन्। यस्तो क्षमता व्यक्तिगत सम्बन्ध, अध्ययन, नेतृत्व र व्यावसायिक जीवनमा अत्यन्त आवश्यक हुन्छ।
बिज्ञापन
आजको प्रतिस्पर्धात्मक युगमा केवल अकादमिक ज्ञान पर्याप्त छैन। विद्यालय, कार्यालय, वा समाज जुनसुकै ठाउँमा होस्, भावनात्मक बुद्धिमत्ता भएको व्यक्तिले दीर्घकालीन सफलता हासिल गर्न सक्छ।यसलाई अभ्यास र आत्मपरिक्षणद्वारा बढाउन सकिन्छ—जस्तै आफ्नो भावना लेख्ने, गहिरो रूपमा सुनुवाइ गर्ने, वा विपरीत परिस्थितिमा पनि धैर्य राख्ने प्रयास गर्नु।अन्ततः, सम्वेगात्मक बौद्धिकता आत्मविकासको मूल आधार हो, जसले हामीलाई राम्रो मानिस बन्न मात्र होइन, अरूलाई पनि सहज, सुरक्षित र सम्मानित महसुस गराउँछ।
प्रसिद्ध मनोवैज्ञानिक डानियल गोलम्यानले सम्वेगात्मक बौद्धिकतालाई गहिरो अध्ययनमार्फत समाजमा परिचित गराएका हुन्। सम्वेगात्मक बौद्धिकता भन्नाले आफ्ना भावनालाई पहिचान, नियन्त्रण, र सदुपयोग गर्न सक्ने क्षमतालाई जनाउँछ। यसले व्यक्तिको सम्बन्ध, आत्मविश्वास, मानसिक शान्ति, र सामाजिक व्यवहारमा सकारात्मक प्रभाव पार्दछ।यदि संवेगलाई नियन्त्रण गर्न सकिएन भने त्यही भावना आवेगमा परिणत भई नकारात्मक परिणाम निम्त्याउन सक्छ। यसले पारिवारिक, सामाजिक र व्यावसायिक सम्बन्धमा असर पुर्याउँछ। तर संवेगात्मक बौद्धिकता भएको व्यक्तिले सकारात्मक ऊर्जा उत्पन्न गर्न सक्छ, आत्मप्रेरणा पाउन सक्छ र जीवनमा सफलता प्राप्त गर्न सक्छ।अन्ततः, आफ्नो भावना चिन्न, बुझ्न, र त्यसलाई सदुपयोग गर्न सक्नु नै जीवन सन्तुलित, सफल र सन्तोषजनक बनाउने प्रमुख सूत्र हो।
बिज्ञापन
सम्वेगात्मक बौद्धिकता आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । यसको प्रथम चरण नै बोली हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ । धेरै खुसी भएका बेला र धेरै निराश भएको बेला भावनामा नियन्त्रण गर्न सक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले ।सबै गलत क्रियाकलापको पछाडि आफूमा भएको संवेगलाई नियन्त्रण गर्न नसक्नु नै हो ।सबै किसिमका संवेगलाई नियन्त्रण गर्न सक्नु, यसलाई सदुपयोग गर्न सक्नु ठूलो सिप र क्षमता हो । यही क्षमताले व्यक्तिलाई सफलताको चुलीमा पुर्याउछ । मनोविज्ञानको भाषामा भन्नुपर्दा सुख, दुःख, हाँसो, रोदनआदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूति गर्न सक्ने मान्छे मात्र जीवनमा हरदम सुखी हुन्छन् । विभिन्न कुराले व्यक्तिलाई उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु जन्मिन्छन् ।
सम्वेगात्मक बौद्धिकतामा सक्षम हुनका लागि व्यवहारगत रुपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि सुरु हुन्छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ ।चिकित्सा विज्ञानले समेत नियमित व्यायाम शरीरका लागि र नियमित ध्यान एकाग्रता र तनावमुक्त मस्तिष्कको महत्वपूर्ण हो भनी घोषणा गरिसकेको अवस्था छ । एउटा स्वस्थ शरीरमै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । कम्तीमा आधा घण्टा भए पनि प्रत्येक दिन केवल आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । आफूलाई बुझ्न सकेको व्यक्ति खुस र प्रसन्नचित्त हुन्छन्, नत्र मान्छेकै भीडमा मान्छेले एक्लै महसुस गरेको पनि खुब सुनिन्छ ।यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण—अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ ।सकेसम्म सामाजिक सञ्जाल जस्तै ः फेसबुक, ट्विटर, युट्युब, टिकटक आदि कम प्रयोग गरी आफ्नो वृत्तिविकासमा आफूलाई व्यस्त राखिराख्नु उपयुक्त हुन्छ ।आफ्नो भावलाई झेलिरहेको परिस्थितिअनुरूप ढाल्ने प्रयास गर्नुपर्छ । चाहे त्यो प्रेम होस् वा अपमान, रिस होस् वा खुसी र डर नै किन नहोस् । हामीलाई रिस उठ्ने मुख्य कारण नै परिणाम वा परिस्थिति हाम्रो इच्छाअनुसार नहुनु हो । हाम्रो मनको पूरा भए राम्रो र नभए झन् राम्रो किनकि जब हाम्रो मनको चलेन भने सिद्ध हो, ईश्वरको मनको चल्ने हो र ईश्वरको मनको हाम्रो मनको भन्दा जहिले पनि हाम्रो लागि फाइदाजनक नै हुन्छ ।
माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन्, भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इस्र्याजस्ताजस्ता नकारात्मक संवेग हुन् । व्यक्ति खुसी भएको अवस्थामा मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिको सोच, विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ । जसले व्यक्तिको सकारात्मक संवेग पैदा हुन्छ । त्यसैगरी रिस, लोभ, डाहाजस्ता नकारात्मक संवेगको पैदा भएको अवस्थामा मस्तिष्कबाट तनाव उत्पन्न हुने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिलाई तनावको स्थितिमा पु¥याउँछ । संवेगात्मक क्षमताको ज्ञान भएका व्यक्तिले सकारात्मक तथा नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्छ । आफ्नो भावना, संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाडस दिने, आफूले आफैँलाई उत्प्रेरित गर्न सकिन्छ । सकारात्मक सोच राखी उत्प्रेरित भएको अवस्थामा सफलता प्राप्त गर्न सकिन्छ ।आफैँले आफ्नो भावना तथा संवेगको मूल्यांकन गर्न सक्नुपर्छ । आफ्नो संवेगको मूल्यांकन गर्न सकेको खण्डमा व्यक्तिलाई सन्तुष्टि मिल्छ । तर आफ्नै भावना चिन्न नसक्दा व्यक्तिलाई दुखःमा पर्दछ । यसमा व्यक्ति सचेत हुन आवश्यक देखिन्छ । आफ्नो संवेग बुझेको खण्डमा व्यक्तिमा हौसला, उत्साह, समर्पण भाव जाग्छ । जसले व्यक्तिलाई सकारात्मकताको बाटोमा डो¥याउँछ ।व्यक्तिले आफूमा भएका संवेगप्रति सचेत भएर त्यसको सही रूपमा व्यवस्थापन गर्न नसकेको अवस्थामा समस्या निम्तिने जोखिम हुन्छ । सकारात्मक किसिमको संवेगले व्यक्तिको मन शान्त तथा आनन्दित हुन्छ । सकारात्मक संवेगको सोचले व्यक्तिको शारीरिक तथा मानसिक अवस्था पनि तनावरहीत हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा ऊर्जावान् हुन्छ । जसका कारण व्यक्तिको तिक्ष्ण क्षमताको वृद्धि हुन्छ । संवेग सकारात्मक तथा नकारात्मक दुवै विषयसँग सम्बन्धित हुन्छ, भने आवेग नकारात्मकतासँग सम्बन्धित हुन्छ ।
रिस, चिन्ता, इष्र्या, डाहाजस्ता संवेगलाई सहीरूपमा चिन्न र समाधान गर्न नसकिएको अवस्थामा व्यक्तिको भावनात्मक मात्रै हैन शारीरिक क्षमतामा पनि असर पुग्ने जोखिम हुन्छ । व्यक्तिको सुखद् जीवनका लागि डर, ईष्र्या, घृणा, क्रोधजस्ता नकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोगजस्ता सकारात्मक संवेगको वेगलाई बढाउन आवश्यक हुन्छ । व्यक्तिको बौद्धिक क्षमता, विवेक, चेतनाजस्ता विषयलाई जाँच्ने कसी भनेको व्यक्तिको संवेगात्मक बौद्धिकता नै हो । व्यक्ति मानसिक रूपमा जतिसुकै बौद्धिक भए पनि त्यस्तो बौद्धिक क्षमतालाई स्वस्थ ढंगले व्यवहारमा अभिव्यक्त गर्न नसकेको अवस्थामा व्यक्तिमा नकारात्मक भावनाको पैदा भई तनावको स्तिथि सृजना हुन्छ ।े व्यक्तिले सकारात्मक संवेगलाई व्यवहारमा उतार्न उतिकै आवश्यक देखिन्छ ।दुःख, सुखमा नआत्तिनु संवेगलाई नियन्त्रण गर्ने क्षमता हो । संवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई कुशल र बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छ । यसको विपरीत व्यक्तिको मस्तिष्कबाट उत्पन्न हुने संवेगलाई नियन्त्रण गर्न नसकी झट्ट रिसाइहाल्ने, रिसले चुर हुने व्यक्ति समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था उत्पन्न हुन्छ । संवेग नियन्त्रण गर्न नसक्दा समाज मात्रै हैन पारिवारिक कलहको अवस्था पनि सृजना हुन्छ ।संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्था युगल जोडीबीच मनमुटाव भई सम्बन्ध विच्छेदको जोखिम हुन्छ ।संवेग नियन्त्रण गर्न जान्नु जीवनको ओखती बन्छ । संवेगलाई नियन्त्रण गर्न नसक्दा समाजमा हत्या, हिंसा, लडाइँ झै—झगडा कुटपिटजस्ता घटना घट्ने जोखिम हुन्छ । आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्ने अवस्था हुन्छ ।
बिज्ञापन
व्यक्तिले संवेगलाई नियन्त्रण गर्न नसक्दा गलत क्रियाकलाप गर्न पुग्छ । लोभ, लालच, चाँडै धनी हुने लालसाका कारण व्यक्तिले चोरी गर्न पुग्छ । त्यसैगरी व्यक्तिले आफूले भनेजस्तो नभएको अवस्थामा अन्य व्यक्तिलाई गाली गर्ने झगडा गर्नेजस्ता व्यवहार देखाउँछ । संवेगलाई नियन्त्रण गरी इश्र्या तथा आवेगलाई नियन्त्रण गर्न सकेको खण्डमा त्यसले जीवनमा सकारात्मक परिणाम नै ल्याउँन सक्दछ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा यसबाट ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सूक्ष्म अवलोकन तथा मूल्यांकन गरी संवेगहरुको प्रकृति तथा स्वरूपका बारेमा सचेत हुन आवश्यक छ ।संवेगलाई नियन्त्रण गर्न नसक्नु मानसिक अस्वस्थताको संकेत हो ।संवेगलाई नियन्त्रण गर्न नसकेको खण्डमा काम बिग्रँदा, दुःख पर्दा व्यक्ति निराश भएर मद्यपान तथा धूमपानको लतमा फस्ने जोखिम हुन्छ ।संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व मानिन्छ । परिपक्व मानिस मात्र सुखी हुन सक्छ । सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु संवेग नियन्त्रण गर्ने उपाय हो । ध्यान, तपस्याले पनि मन शान्त हुने भएकाले ध्यान नियमित गर्नु आवश्यक हुन्छ । अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । हामी जति धेरै कम बोल्छौँ, गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ र जति कम गलत बौल्छौँ, उति कम समस्यामा फस्छौँ । धेरै सुन्ने बानी बसाल्नुपर्छ । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्त्व दिइएको पाइन्छ ।अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । सहज भावले अरूलाई सम्मान दिनुुस्, तिनलाई राम्रो लाग्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्ततः परिवारकै लागि हो । नकारात्मक संवेगलाई नियन्त्रण गरेको खण्डमा व्यक्तिले विपक्षी तथा विरोधीका आरोप तथा आलोचना पनि धैर्य भएर ग्रहण गर्न सक्छ । यस्ता व्यक्ति शालिन पनि हुन्छन् । चेतनशील तथा विवेकशील व्यक्तिले संवेगलाई नियन्त्रण गर्न सक्छ । सुख, हाँसो, खुसी भावनासँग सम्बन्धित विषय हुन् । धन, सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुन्न । सधैँ सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो । त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने उच्च कला रहेको हुन्छ ।भावनात्मक रूपमा दक्ष व्यक्तिले अरूको भावना बुझ्ने प्रयास हरदम गरिरहेको हुन्छ । तर संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले झट्ट प्रतिक्रिया जनाउँछ, यसले कलहको स्थिति सृजना हुन्छ । आफू बाहेकका व्यक्तिकोे मानसिक अवस्थालाई बुझ्न सक्नु ठूलो उपलब्धि हो । कुनै पनि पेशा—व्यवसाय गर्ने व्यक्तिले अन्य व्यक्तिको भावना तथा संवेगलाई बुझेर व्यवहार गर्न सके व्यक्ति पेशा तथा व्यवसायमा सफल हुन सहयोग मिल्छ ।आफ्नो मात्रै हैन अन्य व्यक्तिको रुचि, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सकेको अवस्थामा सफल हुन सकिन्छ । तर संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्थामा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ ।
रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ । सही र गलत भाव भन्ने केही हुँदैन, यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ ।रिस, ईष्र्या, प्रेम, मोह आदि भाव आएको बेला त्यस भावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई काम लाग्ने दिशामा उपयोग गर्नुपर्छ ।जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ । कामको समय कुनै पनि नकारात्मक विचार, जसले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ उक्त विचारबाट टाढा बस्नुपर्छ । कुनै काम, परिस्थितिमा अट्किएको बेला छोड्ने बहाना नगरी अगाडि बढ्दै जानुपर्छ । हामी जसरी अगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हो । हाम्रो लागि सर्वश्रेष्ठ मोटिभेसनल स्पिकर हामी स्वयं हुन सक्नुपर्छ ।यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पु¥याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ । संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।कतिपय मानसिक रोग लागेका व्यक्तिले संवेगलाई नियन्त्रण गर्न मुस्किल पर्छ । मेनियाको समस्या भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्तो व्यक्तिलाई आफ्नो संवेग नियन्त्रण गर्न कठिन हुन्छ । त्यसैगरि व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिमा पनि आफ्नो भावनालाई सन्तुलित राख्न मुस्किल पर्छ । बोर्डरलाइन पर्सनालिटी डिसअर्डर जस्तो व्यक्तित्वसम्बन्धी मानसिक समस्या भएका व्यक्तिको भावनाको उतारचढाव हुन्छ । जसले व्यक्तिलाई आवेगात्मक स्थितिमा पु¥याउँछ । हिस्टोनिक, इमोस्नली अन्स्टेबलका कारण पनि समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा उपचार विधि अपनाउनुपर्छ । यस्तो भावनात्मक उतारचढावका कारणले गर्दा आफ्नो दैनिक जीवनमा असर गर्ने, सम्बन्ध बिग्रनेजस्ता समस्या भएको अवस्थामा मानसिक रोगको रुपमा बुझेर उपचार विधि अपनाउनुपर्छ ।
नेपाल जस्तो सामाजिक, सांस्कृतिक र जातीय विविधतायुक्त देशमा सम्वेगात्मक बौद्धिकता ९भ्mयतष्यलब िक्ष्लतभििष्नभलअभ० को महत्त्व झनै बढ्छ। यहाँका विद्यालय, घर, कार्यस्थल र समुदायहरूमा भावनात्मक समझदारी र सहानुभूतिको आवश्यकता बढी देखिन्छ।नेपालमा धेरैजसो मानिस सामूहिक जीवनशैलीमा विश्वास गर्छन्, जसले गर्दा पारिवारिक, सामाजिक, र धार्मिक सम्बन्धहरू बलियो हुन्छन्। यस्ता सम्बन्धलाई सुदृढ बनाउन सम्वेगात्मक बौद्धिकता अत्यावश्यक हुन्छ। शिक्षक, विद्यार्थी, अभिभावक वा नेताहरू—सबैका लागि आफ्ना भावना बुझ्न र अरूका भावनाको सम्मान गर्न सक्ने क्षमता अपरिहार्य छ।तर, नेपालमा अझै पनि भावनात्मक शिक्षालाई औपचारिक शिक्षा प्रणालीमा पूर्णरूपमा समावेश गरिएको छैन। बालबालिकालाई आत्मअनुशासन, सहानुभूति र समूहमा काम गर्न सिकाउने कार्यक्रमहरू अझै न्यून छन्। त्यसैले विद्यालयस्तरबाटै सम्वेगात्मक बौद्धिकता विकास गर्ने अभ्यास गर्नुपर्छ। समाजमा लैंगिक भेदभाव, मानसिक स्वास्थ्य समस्या र पारिवारिक तनावजस्ता विषय समाधान गर्न पनि यो बौद्धिकता उपयोगी हुन्छ। सम्वेगात्मक रूपमा बुद्धिमान् व्यक्ति समाजमा शान्ति, समझदारी, र सहिष्णुताको वातावरण सिर्जना गर्न सक्दछन्।नेपालको समुन्नत भविष्यको लागि, सम्वेगात्मक बौद्धिकता विकासलाई प्राथमिकता दिनु अति आवश्यक छ।
अन्त्यमा,सम्वेगात्मक बौद्धिकताको राम्रो प्रयोगले मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ।यसका लागि सम्वेगात्मक बौद्धिकताको उच्च प्रयोग गर्नु अमवश्यक छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)