मालपोत अधिकृत भट्टराईको अवैध आम्दानी ४ करोड ४० लाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत शाखा अधिकृत मिन बहादुर भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

बिज्ञापन

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भट्टराईले गैरकानूनी रूपमा रु. ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसाको सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो सम्पत्तिको केही हिस्सा उनले आफ्नी पत्नी झुना कुमारी कठेतको नाममा राखेको पाइएपछि उनलाई समेत प्रतिवादी बनाइएको थियो।

बिज्ञापन

अख्तियारले भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति वि.स. २०५४ साउन २६ गतेदेखि २०७९ जेठ ३० गते सम्मको अवधिको समग्र आय तथा व्ययको छानविन गरेको बताएको छ ।

छानविन गर्दा भट्टराईको जम्मा बैध आय ५ करोड ९४ लाख ६७ हजार रुपैयाँ खुल्न आएको र सोही अवधिमा खर्च तथा लगानी भने १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । यसरी स्रोत नखुलेको ४ करोड २९ लाख २५ हजार रुपैयाँ भट्टराईले भ्रष्टाचार गरी आर्जन गरेको दावी अख्तियारले गरेको छ ।

बिज्ञापन

आयोगले उक्त फैसलासँग असहमति जनाउँदै मिति २०८२ साल वैशाख १६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष