मन्त्रिपरिषद्को नियमित बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आज दिउँसो ५ बजे बैठक बोलाइएको छ । आजको बैठकमा गभर्नर नियुक्ति बारे छलफल हुने जनाइएको छ ।
बिज्ञापन
राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्ति प्रक्रिया समेत पेचिलो बन्दै गएको र गभर्नर नियुक्तिका लागि वर्तमान गठबन्धन नै अप्ठ्यारो स्थिितमा परेको चर्चाका बीच अस्तिमात्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई घण्टा लामा् छलफल भएको थियो ।
बिज्ञापन
सो छलफल पछि हिजोमात्र कायम मुकायम गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री विष्णु पौडेलले नै कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृत निर्देशन दिएका हुन् ।
काँग्रेस सभापति देउवा थाइल्याण्डमा रहेकै समयमा गभर्नर नियुक्ति सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका थिए । आजको बैठकले गभर्नर नियुक्ति सिफारिस समितिको सदस्यको नियुक्ति गर्ने छ । अहिले समितिमा अर्थमन्त्री विष्णु पौडेल र अर्थशास्त्री डा विश्व पौडेल सदस्य छन् ।
समितिले सिफारिस गरेको नामको आधारमा मन्त्रिपरिषद् बैठकले बल्ल गभर्नर नियुक्ति गर्नेछ । सिफारिस समिति नै अपूर्ण रहेको अवस्था र समितिले नाम सिफारिस गरिनसकेको कारण आजैको क्याविनेटबाट गभर्नर नियुक्ति हुने सम्भवना छैन ।
बिज्ञापन