आमा तिम्रो मुख हैन, तिमीलाई नै हेरिरहन्छु।
तिमीलाइ हेर्ने दिवस १ दिन हैन सधैँ देखिरहन्छु।
बिज्ञापन
मेरा हरेक, श्वास अनि पलमा तिमी दगुरिरहन्छौ।
तिमी हिडिरहेको देख्छु,अनि सुन्छु, तिमी धड्कन्छौ।
बिज्ञापन
आमा तिम्रो मेरो सम्बन्ध अनि साइनो कति पवित्र।
सृष्टिको ध्वनि, प्रकृति, सँस्कृति, संस्कार नै तिमी भित्र।
तिम्रा गुन, गुणगान गाएर कहाँ सकिन्छ।
आमा तिमी गंगा, पवित्र जल कहाँ सिद्धिन्छ।
बिज्ञापन
आमा तिमी छौ र पो म छु, अनि म हुनुको अर्थ छ।
तिमी जता जाउ, जे सुकै गर , तिम्रो र मेरो धड्कन सँगै बजिरहेको छ।