राजपत्र अनंकित कर्मचारीको सुर्खेत जिल्ला कार्यसमिति गठन,संयोजक तोकिए शिव केसी

आफ्नो हक अधिकारको बिषयमा कुराकानी गर्ने उदेश्यले केही अघिमात्र सामाजिक सञ्जाल सक्रिय रहेका राजपत्र अनंकित कर्मचारीहरु अब केन्द्र,प्रदेशदेखि जिल्ला जिल्लासम्म संगठीत हुन थालेका छन् ।

बिज्ञापन

१५ हजार सदस्य रहेको राजपत्र अनंकित संरक्षण अभियानको फेसबुक पेजबाट आन्दोलन परिचालन गर्दै आएकोमा अब जिल्ला कमिटीहरू  स्वतस्फूर्त रुपमा संगठीत हुन थालेका हुन । यही सिलसिलामा सुर्खेत जिल्लामा समेत तर्दथ कार्यसमिति गठन भएको छ । आज एक कार्यक्रमका बीच शिव केसीको अध्यक्षतामा १३३ सदस्यीय तर्दथ जिल्ला कार्य समिति गठन भएको राजपत्र अनंकित कर्मचारी अभियानले जनाएको छ । निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको सबै प्रदेश, जिल्ला, बिभागीय समिति बिस्तार अभियान अन्तर्गत आज कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा केसीको संयोजकत्वामा १३३ सदस्य तदर्थ जिल्ला कार्य समिति गठन भएको अभियानले जनाएको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयकमा राजपत्र अनंकित श्रेणी अन्तर्गत सबै सेवा र समूहका कर्मचारीहरुको वृत्ति विकास, पेशागत हक हित र सेवाको सुरक्षा लगायतका आफ्ना मागहरु समावेश गराउनका लागी राजपत्र अनंकित संरक्षण अभियान केन्द्रिय समितिले राखेका मागहरुलाई पूर्ण रुपमा समर्थन गर्दै सुर्खेत जिल्लामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुको केसीको संयोजकत्वमा १३३ सदस्यीय तर्दथ जिल्ला कार्यसमिति ठगन गरेको हो । जसको सह संयोजकमा जीवन रुपाखेती,नरबहादुर थापा,दुर्गा कुमारी उपाध्याय,भानुभक्त रिजाल,तिलक सोमै,उमाकान्त कंडेल तोकिएका छन् ।

बिज्ञापन

यस्तै सचिवालय सचिवको जिम्मेवारी पुराण प्रसाद रिजाल,सूर्यबहादुर खड्‌कालाई तोकिएको छ भने केन्द्रीय समन्वयकर्ता डम्बर बहादुर विष्ट,मेघनाथ शाही,वासुदेव गौतम रहेका छन् । सचिवालय सदस्यमा किशोर पाण्डे,गणेश पौडेल, कुमार ज्ञवाली,राज कुमार सिंह,पूर्ण प्रसाद पाण्डे,क्षेत्र बहादुर जिसी,पदमबहादुर रावत्तलाई तोकिएको छ ।

१५ हजार सदस्य रहेको राजपत्र अनंकित संरक्षण अभियानको फेसबुक पेजबाट आन्दोलन परिचालन गर्दै आएकोमा अब जिल्ला कमिटीहरू गठन गर्दै आन्दोलनलाई अझ शसक्त बनाउन अभियान अघि बढेको छ। ७७ वटै जिल्लामा समिति गठन गरि यस अभियानलाई मजबुत बनाइ आफ्ना मागहरू संघीय निजामती सेवा ऐनमा समावेश गराउन अभियान क्रियाशिल रहेको अभियानका सह संयोजक सुरज निरौलाले जनाउनुभएको छ ।

अभियानका अहिलेसम्म ११ भन्दा बढी जिल्लामा कार्यसमिति गठन भइसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष