अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले सही नेतृत्व पायो भने काम गर्न सक्दोरहेछ भन्ने पुष्टि भएको छ । महानिर्देशकमा कुमार दाहाललाई नियुक्ति गरेपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ । श्रीराम टोबाकोबाट उत्पादीत चार प्रकारका गुट्खामा उत्पादन, उपभोग्य मिति उल्लेख नभएको र तोकिएभन्दा कम तौल भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार अनुगमन गर्दा श्रीराम टोबाटोबाट उत्पादीत करेन्ट गुट्खा, भोला गुड्खा, पावार खैनी र जित खैनी चारै ब्राण्डका गुट्खामा उत्पादन, उपभोग्य मिति र तोकिएभन्दा कम तौल भेटिएको थियो ।

बिज्ञापन

मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको सानोपामा रहेको एक कम्पनीको डिलरमा अनुगमन गर्यो । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालि नाम रहेको उक्त कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर हो । पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।
सबै ब्राण्डबाट कम्तीमा २०÷२५ वटा गुट्खाको परीक्षण गरेको थियो । प्याकेटमा २।१४ ग्राम उल्लेख गरिएको थियो, तर तौलँदा गर्दा उक्त तौल नै भेटिएन । एक÷दुई वटामा केही कैफियत होला भनेर अन्यको समेत परीक्षण गर्दा सबैमा एउटै तौल भेटिएको बिभागले जनाएको छ । ‘हामीले सबै ब्राण्डबाट कम्तीमा २०÷२५ वटा गुड्खाको परीक्षण गरेका थियौँ । प्याकेटमा २।१४ ग्राम उल्लेख गरिएको थियो, तर हामीले वेट गर्दा उक्त तौल नै भेटिएन । एक÷दुई वटामा केही कैफियत होला भनेर अन्यको समेत परीक्षण गर्दा सबैमा एउटै तौल भेटियो । सबैको एकै परिमाणको तौल भेटिएपछि उत्पादीत कम्पनीकै लापरवार्ही रहेको हाम्रो निष्कर्ष निकाल्यो,’ विभागका अनुसन्धान अधिकृत अमित झाले भने ।

बिज्ञापन

उपत्याकाका चार जिल्लामा डिलरसिपको जिम्मा पाएको पशुपतिनाथ इन्टरनेशनलले सातामै तीन ट्रक गुट्खा बिक्री वितरण गर्दै आएको जनाएको छ । अनुगमनका क्रममा उक्त कम्पनीका प्रतिनिधिले सातामा एक करोड ४० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने जनाएको वाणिज्य विभागले जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले उत्पादन मिति उल्लेख नहुनु र तोकिएभदा कम तौल भएका कारण अनुसन्धानमा तानिएको बताए । आइतबारसम्म कमल मालपानी बिभागको सम्पर्कमा नआएपछि कागजातसहित ३ दिनभित्र उपस्थित हुन महानिर्देशक दाहालले पत्र काटेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

परिचयपत्रका कर्मचारीमाथि विभेद, निष्पक्ष छानबिनको माग

खानेपानी विवादले विद्यालयमा तनाव, अध्यक्ष घाइते

सामान्यको निर्णय विवादित : एकै दिन पालिकाको बरिष्ठलाई निमित्त,लगतै खटाइयो कन्फर्म

राशन अनियमितताको आरोपमा दुई डिएसपी तानिए, भेपको अनुसन्धान हुँदै

पढ्न विदेश, फर्किएनन् सेवामा: ५० प्राध्यापकबाट ११ करोड ८४ लाख असुल

‘खुट्टा भाँच्नू’ भन्ने मन्त्री लम्सालले ठेक्का अलपत्र पार्ने रास्वपा सांसद रहेका यी ठेकेदारलाई गर्न सक्लान् कारबाही?

एक दर्जन कर्मचारीले घुस खाए,कुन- कुन हाकिमलाई भयो सजाय ?

बिशेष