भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएका छन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्। २०२५ जेष्ठ २० गते जन्मिएका उनी २०५१ पौष १७ देखि निजामती सेवामा पाइला टेकेका हुन् भने २०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका हुन् ।
बिज्ञापन
पोखरेल मंगलबार (आज) बाट सेवानिवृत्त भएका छन्। उद्योग, अर्थ जस्ता मन्त्रालयको सचिवको भूमिकामा रहेर काम गरेका पोखरेल अन्तिममा भूमिबाट अवकाशमा गएका हुन्। यहीँ वैशाख महिनामा पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे सेवानिवृत्त हुँदैछन्। सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्।