शुभ शव्दले कल्याण गर्ने, हितकारी, असल, मनोहर, सुन्दर, माङ्गलिकता, कल्याण, राम्रो, भाग्य, अनुकुलता र कामना शव्दले अभिष्ट वा हार्दिक इच्छा, अभिलाषा, मनोरथ भन्ने बुझिन्छ । तसर्थ शूभकामना भनेको भलोको चाहना हो, कल्याणको चहाना हो, शूभेच्छा हो, शूभ चिन्तन हो । शूभसन्देश, आसिक वा आशीर्वाद हो ।
बिज्ञापन
नयाँ वर्ष एक शुद्ध सुरुवात हो—जसले हामीलाई फेरि एकपटक प्रयास गर्न, गल्ती सुधार्न, र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिन्छ। बितेको वर्षमा जे—जे भयो, ती सबैबाट केही न केही सिकाइ मिल्यो। अब त्यो सिकाइलाई जीवनमा लागू गर्दै नयाँ उमंगसाथ यात्रा सुरु गरौँ।
बिज्ञापन
यो वर्ष हाम्रो जीवनमा खुशी, सफलता, स्वास्थ्य र समृद्धि लिएर आओस्। हरेक बिहान नयाँ जोशले भरिएको होस्, र हरेक रात सन्तुष्टिको अनुभूति दिलाउने होस्। हामी सबैले आफन्त, समाज र राष्ट्रप्रति हाम्रो दायित्व अझ जिम्मेवारीपूर्वक निभाउन सकौँ।
सकारात्मक सोच, सच्चा मेहनत र निरन्तर प्रयत्नले हामीले चाहे जस्तो भविष्य निर्माण गर्न सकिन्छ।गत वर्षमा भएका अनुभव, सिकाइ र चुनौतीहरूले हामीलाई अझ सशक्त र अनुभवी बनाएका छन्। अब समय आएको छ, नयाँ लक्ष्य बनाउने, नयाँ यात्राको सुरुवात गर्ने, र विगतका कमीहरू सुधार्दै भविष्यको उज्यालो निर्माण गर्ने।नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्रै होइन, यो आत्मसमिक्षा, आत्मउन्नति र आशाको प्रतीक हो। नयाँ सोच, नयाँ जोश र नयाँ सुरुवातका साथ हामी सबै अघि बढौं।सदैव सकारात्मक सोच राखौं, आफन्तसँग सम्बन्ध मजबुत बनाऔं, समाज र राष्ट्रप्रति उत्तरदायी बनौं। यो वर्ष हामी सबैको लागि प्रेम, शान्ति, स्वास्थ्य र समृद्धिको वर्ष बनोस्। तपाईंको घर-परिवारमा सधैँ हाँसो, खुशी र सुस्वास्थ्यको बास होस्।
बिज्ञापन
नयाँ वर्षसँगै घरको भित्ता र कार्यालयको टेवलमा पात्रोमात्र फेरिँदैन, यसले आफूसँगै नयाँ—नयाँ आशा, विश्वास, भरोसा र सम्भावनासमेत लिएर आएको हुन्छ । नेपालको विक्रम सम्वत वा नयाँ वर्ष समग्र नेपालीहरुको साझा नयाँ वर्ष भएकोले यस्को विशेष महत्व रहेको छ र यसलाई सबैले हर्षोल्लासका साथ मनाउनु पर्छ । आजकल पश्चिमा संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली नयाँ वर्ष भन्दा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बाक्लीदो छ । अंग्रेजी नयाँ वर्ष पनि मनाउन सकिन्छ, शुभकामना आदन प्रदान गर्न सकिन्छ तर त्यो भन्दा बढि नेपाली वर्षमा आफ्नो आत्मा गाँसीएको हुनु पर्छ, यसलाई हराउन दिनु हुँदैन ।
सबै नेपालीहरुको साझा दिन नयाँ वर्ष वैशाख १ गतेलाई नयाँ उत्साह, उमंगका साथ आपसी भातृत्वभाव कायम गर्दै मनाउनु पर्छ । अघिल्लो वर्ष आफुबाट जान अन्जानमा कुनै गल्ती, कमजोरी भएको भए पनि त्यसबाट पाठ सिकेर अव त्यस्ता गल्ती तथा असावधानी नगर्ने प्रतिवद्धता व्यक्त गर्नु पर्छ । आफुमा कुनै कुलत वा दुव्र्यसन छ भने पनि नयाँ वर्ष देखि छोडेर समाजमा असल नागरिकको रुपमा जिउने मानसिक प्रतिवद्धता जनाउनु पर्छ । घर परिवारमा मेल मिलाप नभएको भए पनि नयाँ वर्षको पुर्व सन्ध्यामा बसेर छलफल गरि तिक्तता त्याग्नु पर्छ र मेलमिलापको वातावरण तयार गर्नु पर्छ । समाजमा कोहि कसै उपर बैमनष्यता भए पनि सोहि दिन देखि त्यागेर असल कर्मको सुरुआत गर्न सकिन्छ तसर्थ नयाँ वर्ष भनेको हिजोका दिनबाट पाठ सिक्दै बाँकी जीवन नयाँ जोश, जाँगर र उमंगका साथ खुशीले जीउने प्रण गर्ने र सोहि बमोजिमको व्यवहार गर्ने दिन भएकोले यो नयाँ वर्षले हामी सबैमा सद्वुद्धि ल्याओस्, हाम्रो परिवार साच्चै परिवार बनोस्, हाम्रो समाज मानविय समाज बनोस् देशमा कानूनको शासन चलोस् र विकास र समृद्धिको दिशामा अगाडि बढोस्, शूभकामना ।
प्रकृतिमा बषन्त ऋतु सँगै पुराना पात झरेर नयाँ पालुवा पलाएका छन । जताततै रंगीबिरंगी फूलपातले प्रकृति बेहुली झै सिँगारिएको छ । प्रकृतिमा वसन्त ऋतुसँगै जीवनको नयाँ चक्र सुरु भएको छ। हरेक रुखले हरियाली ओढेको छ र जताततै रंगीबिरंगी फूलपातले प्रकृति बेहुलीझैँ सिँगारिएकी छ। कोइलीको मधुर कुहुकुहुले रनवनलाई झनै सुन्दर बनाएको छ, र बनपाखामा चराचुरुंगीहरूले उत्साहका साथ नयाँ गुँड बनाएका छन्। यही मनमोहक वसन्त ऋतुको आनन्द, उल्लास र उमंगसँगै हामी नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौं ।यही मनमोहक वसन्त ऋतुको आनन्द, उल्लास र उमंगसँगै हामी नयाँ वर्षको स्वागत गर्दैछौं। वसन्तले प्रकृतिमा जस्तै हाम्रो जीवनमा पनि ताजगी, नयाँ सोच, नयाँ उर्जा र उत्साह लिएर आएको छ।
नयाँ वर्ष एउटा अवसर हो—विगतलाई सम्झिने, त्यहाँबाट सिक्ने, र नयाँ लक्ष्यहरू बनाउने। हरेक नयाँ वर्षसँगै हामीभित्रको आशा र आत्मविश्वास झनै बलियो बनोस्। यो नयाँ वर्ष तपाईं र तपाईंका प्रियजनका लागि सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताले भरिएको रहोस्। समयसँगै परिवर्तनलाई अँगाल्दै, सकारात्मक सोच र दृढ संकल्पका साथ अघि बढ्न सकौं।जसरी प्रकृतिमा नयाँ जीवनको सुरुवात भएको छ त्यसरी नै हामी सबैको जीवनमा पनि नयाँ अवसरहरूको सुरुवात होस्। हामी सबैमा परस्पर सद्भाव, माया, समझदारी र सहकार्यको भावना प्रगाढ होस्।
नयाँ बर्ष सँगै निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन—बुद्धिलाई सुसंस्कृत कुशल र विवेक सङ्त वनोस् । मानिसलाई स्व—अनुशासित, स्व—संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् व्यक्तित्व प्रदान गर्न नयाँ बर्ष सफल वनोस् । नयाँ बर्ष को शुरुवातसँगै मानिसलार्ई एक असल मानिस बनाउन सकोस् । सबैलाई मनसा, वाचा, कर्मणा र व्यवहारले सुख र खुशी बाँड्न सकोस् । व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी गर्न सकोस् ।
नयाँ बर्ष २०८२ को शुरुवातसँगै मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहोस् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले समाजमा विश्व वन्धुत्व र भाईचारा बढोस् । नयाँ बर्षको विहानी सँगै अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गरोस् । मानिसमा अध्यात्मिक चेतना र जागृति पलाओस् जसबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्ने अवस्था सिर्जना नवनोस् । नयाँ बर्षले सबेको भलाइ, शुभभाव, दयाभाव तथा क्षमाभाव राखी उसको हर प्रकारको सुख, समृद्धि र कल्याण गरोस् । अध्यात्मिक जागृति र चिन्तनको विजारोपणबाट महानताको शिखर चुम्न सबै सफल बनुन् ।
नयाँ बर्ष २०८२ को शुरुवातसँगै संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय—त्रासले पीडित नहोउन् । सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस्। सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट नरहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नो मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस् । प्रकृति सदा वसन्तवहार होस् ।संसार स्वर्ग, पाराडाइज तथा रामराज्य बनोस् । मानिस मानिसकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस् । वसुधा भौतिक प्रचुरता, विपुलताका साथै अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । अध्यात्मिक चिन्तन—ज्ञान र राजयोग साधनाले जीवनलाई महानताको शिखरसम्म पुरयाओस् ।मानव जीवनलाई अनुशासित, मर्यादित र सन्तुलित बनाउन सकोस् । यसले मानव जीवनलाई सुख भन्दा आनन्दतर्फ लैजान सकोस् । जननीरुपी धर्ति मातालाई जोगाउन सकोस् । ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)