प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी

रौतहटस्थित माधवनारायण नगरपालिकामा कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ ।

बिज्ञापन

गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकामा निमित्त कार्यकारी प्रमुख छन् । नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले निमित्त कार्यकारी प्रमुख यादव विरुद्ध उजुरी दिएका हुन् ।

बिज्ञापन

‘उक्त माधवनारायण नगरपालिकामा काम कार्य गर्न कुनै कागज जाछ बुझ नगरी, निजामती कर्मचारी समेत नभएको अवस्थामा कानूनी प्रकृया समेत पूरा नगरी दर्वन्दी दिलाईएको व्यक्ति इन्जिनियर नागेन्द्र प्रसाद यादवलाई यस संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवारले अवैद्ध ढंगवाट विभिन्न पालिका तथा स्थानीय निकायहरु समावेश भएका फरक फरक पालिकाहरूमा मोटो रकम चलखेल गरी रौटहट जिल्लाको माधवनारायण नगरपालिकाको निमित्त कार्यकारी प्रमुख अर्थात उपसचिव तहको दर्वन्दि हासिल गरेको कर्मचारीको पदमा खटाई उक्त माधवनारायण नगरपालिकाको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी बहन गराएको अवस्था छ । उक्त माधवनारायण नगरपालिकामा उपसचिव तहको व्यक्तिको दरवन्दी भएको ठाउँमा प्रशासकीय अधिकृत समेत नपठाई तहा नगरपालिकाको कार्यालयले गैर कानुनी तवरले नियुक्ति भएको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको र उक्त स्थानीय निकायमा भ्रष्टाचार समेत भइरहेको अवस्था देखिएको छ। उक्त कार्यमा ततकालै ध्यानाकर्षण गरी सो कार्यलाई अभिलम्ब रोक लगाउँन तथा उपसचिवको दरबन्दी भएको उक्त स्थानमा कानून बमोजिम उपसचिव तहको व्यक्ति खटाउँनको लागि र कानूनी राज्यमा कानूनी शासनको पालना गर्न गराउन समेत अनुरोध गर्दछु साथै सम्वन्धित मन्त्रालयलाई लिखित रूपमा परिपत्र जारी गरी आवश्यक कारवाही अगाडि वढाइदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उजुरी पत्रमा भनिएको छ ।

निमित्त कार्यकारी प्रमुखमा रहेका यादवलाई काममा रोक लगाउन र उपसचिव तहको व्यक्ति खटाउन माग गरिएको छ ।राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बुझाइएको उजुरीमा यादवले भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अबदेखि आइत र सोमबार पालिकाका कर्मचारीले अनिवार्य जातीय पोशाक लगाउनुपर्ने

यस्तो छ एक रोपनीमा फैलिएको राजेश हमालको नयाँ बंगला

भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

६५ नाघेकालाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश, विचौलियाको कस्तो छ ‘प्लान बी’ ?

महिना दिनमै ५ अर्ब ६७ करोड रकमान्तर,कुन शीर्षकमा कति ?

मन्त्रिपरिषद् बैठक बस्दै

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा

बिशेष