राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
बिज्ञापन
गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य रहेका सिफारिस समितिले दिनेश प्रसाद भट्टलाई नियुक्ति दिने गरी समितिले चलखेल गरेको दरखास्त आह्वान गरेका उमेद्धारहरुको दावी रहँदै आएको थियो । सिफारिस समितिले गत पुस ९ मा योग्यता, तालिम र अनुभव बापतको अंकका आधारमा कार्यकारी प्रमुखका लागि आवेदन दिएका १६ प्रतिस्पर्धीको अंक सहितको नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक सूचीमा भट्ट ११औँ नम्बरमा थिए । उनै भट्टको अंक २० बाट बढाएर २२ दशमलव ५ पुर्याएर अर्को सूची सार्वजनिक गरेको थियो । दोस्रो पटक सूचीमा भट्टको नाम १६ जनाको सूचीमा ११ औँ नम्बरबाट ६ नम्बरमा उक्लिएका थिए । पछि पाँच जनाको नाम प्रकाशित हुँदा पहिलो नम्बरमा भट्टको नाम पारिएको थियो ।
बिज्ञापन
व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको नामावली वर्णानुक्रमअनुसार सूची सार्वजनिक हुँदा दिनेश प्रसाद भट्ट, धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम सार्वजनिक भएको थियो । तर, माघ ३० मा भएको अन्तर्वार्तापछि सार्वजनिक भएको ३ जनाको नाममा सिफारिस हुँदा भट्ट पहिलो नम्बरमा परेका छन् भने सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दिप सुवेदीको नाम सिफारिस भएको हो । सिफारिस ३ जनामध्ये एक मन्त्रिपरिषद् बैठकले काँग्रेस निकट र एनजीओकर्मी भट्टलाई विपद् प्राधिकरणको जिम्मा लगाएको हो ।
मापदण्ड अनुसार भट्ट नियुक्तिका लागि अयोग्य ठहरिन्छन् । गत मंसिर १४ मा प्रकाशित प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचनाको योग्यता र सर्तको ‘घ’ नम्बर बुँदामा ‘राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति उम्मेदवार हुन पाउने’ प्रावधान राखिएको छ ।
विपत् प्राधिकरणको कार्यकारी प्रमुखको उम्मेदवार बन्न राजनीतिक दल वा संगठनको सदस्यता नलिएको व्यक्ति हुनुपर्ने भए पनि नियुक्तिका लागि पहिलो नम्बरमा सिफारिस भइ मन्त्रिपरिषद्ले नियुक्त गरेका भट्ट नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।
बिज्ञापन
भट्ट ०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा पार्टटाइम लेक्चर रहेकै वेला १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए भने ०७४ को चुनावमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस गर्दा सूचीमा परेका थिए ।
यस्का अलवा उनी ०७३ मा तरुण दलको महासचिवमा पराजित भएका व्यक्ति हुन् । त्यस अघि उनी तरुण दलको केन्द्रीय सदस्य एवम नेपाल विद्यार्थी संघको पनि केन्द्रीय सदस्य थिए । यतिमात्रै नभएर काँग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघ, त्रिवी प्राध्यापक संघ र नेपाल प्राध्यापक संघको महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेस बैतडी काठमाडौं सम्पर्क समितिको अध्यक्ष पनि भइसकेका व्यक्ति हुन । भट्ट दशरथचन्द–४ बैतडीका हुन् । जहाँ गृहमन्त्री रमेश लेखकको पुर्ख्यौली घर रहेको छ ।